ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल संग आवद्ध रहेका बिभिन्न १३ वटा सुशानको क्षेत्रमा क्रियाशिल नागरिक संस्थाहरुको सहभागितामा बागमति प्रदेशको सौराहमा वार्षिक समिक्षा बैठक शनिबार सम्पन भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष मदनकृष्ण शर्माको अध्यक्षतामा भएको वार्षिक समिक्षामा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल द्धारा भष्टाचार न्यूनिकरणको लागि चालिएका कदम र सञ्चालन भएका क्रियाकलापहरु र भावि योजनाहरुका बारेमा टिआइ नेपालका अध्यक्ष शर्माले जानकारी गरेका थिए थिए ।
समिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संबिधान र नीति नियमहरुको अक्षरस कार्यान्वयन नहुदा पँहुचको आधारमा कानुन परिभाषित हुन गई दण्डहिनताको चपेटामा रुमल्लेको बताएका थिए । हाम्रो देशमा नागरिक समाज बाट अनगिन्ति आवाजहरु उठिरहेता पनि भ्रष्टाचार न्यूनिकरणमा उल्लेखनिय सुधारको महसुस जनतामा भएको छैन अध्यक्ष शर्माले भने “बनेका र बन्ने कानुन र संबिधानका दफा उपदफामा उल्लेखित कुराहरुमा किटानी स्पष्टता आवश्यकता छ ।” दलिय भागबंडा बाट हुने नियुक्ति बाटै योग्यता क्षमता र कानुनी कार्यान्वयमा प्रश्नचिन्ह उब्जिरहेकोछ अध्यक्ष शर्माको भनाइ थियो ।
टिआइ नेपालका महासचिब डा.सागर राज शर्माले स्थानिय तह देखि केन्द्रमा समेत भ्रष्टाचार बिरुद्धको अवाजहरु उठिरहेको भएपनि भ्रष्ट देशहरुको सुचिमा सकारात्मक अंक सहित सन्तुलित स्थानमा उक्लिन नसक्नुको कारण बारे गहन चिन्तन मनन् गर्न आवश्य रहेको बताए ।
निवर्तमान अध्यक्ष पद्मिनि प्रधानाङ्गले असल शासन स्थापनाको लागि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको महिला सहयोगि समुह काठमाण्डौमा आवद्धता पश्चात ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सदस्यता प्राप्त गरि नेतृत्व तह सम्म पुग्न सफल भई निरन्तर भ्रष्टाचार बिरुद्ध सुशासनका लागि समय र परिस्थिति अनुसार आवाज उठाउन नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको बताइन्। नेतृत्वमा रहदा सम्पति शुद्धिकरण मनि लाउड्डिङ्ग ५ वर्षे हदम्याद मन्त्रिपरिषदको नितिगत निर्णय स्वार्थ बाझिएको बिषयमा संबैधानिक नियुक्ती र महालेखा अक्तियारदुरुपयोग अनुसन्धान आयोग जस्ता संवदनशिल संस्थाका नियुक्ति बारे सशक्त आवाज उठाएको स्मरण गर्दै, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको खम्वा भनेको नै आवद्धता रहेका संस्था भएको उन्को भनाइ थियो।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा हाल शुसासन प्रबद्धन तथा जलवायु परिवर्तनका लागि सञ्चालनमा रहेका परियोजनाको बारेमा परियोजना संयोजक बबिता शर्मा र बिनोद भट्टराईले प्रस्तुतिकरण गरेका थिए ।
आवद्ध नागरिक संस्थाहरुले स्थानिय क्षेत्रमा संस्था बाट सुशासन र जवाफदेहिता प्रर्बद्धनका लागि गरिएका कामहरु र भावि योजनाहरुको प्रस्तुतिकरण गरेका थिए । समिक्षामा आवद्धता रहेका १३ वटा संस्थाहरु बास नेपालका निवर्तमा अध्यक्ष रमेश सिटौला, भ्रष्टाचार बिरुद्ध अभियान चितवन नेपालका अध्यक्ष भिम बहादुर श्रेष्ठ, सदाचारका लागि सामाजिक पहल कैलालीका अध्यक्ष दिनेश पाण्डे, मानव अधिकार सचेतना तथा बिकास केन्द्र दोलखाका सल्लाहकार होम पाठक, मानब अधिकार तथा वातावरण बिकास केन्द्र उदयपुरका राजु तुलाधर, सुसाशनका लागि नागरिक समाज कास्किका बिष्णु प्रसाद पौडेल, पारदर्शि नेपाल सिद्धार्थनगर रुपन्देहिका राधिका खरेल, संकल्प समुदायमा आधारित पुर्नस्थापना नेपाल नेपाल सुनसरीका पुनम कुमारी साह, सुशासन अभियान गुल्मिका श्याम कुमार पाण्डे, नागरिक सरोकार सँघ सुर्खेतका मणि कुमार पोखरेल, नागरिक सरोकार मञ्ज मोरङ्गका डा. डिल्ली प्रसाई महिला जागरण संघ ईलामका राम मगर, समाज कल्याण समाज दार्जुला रघुबीर सिंह ठगुन्ना र ट्रान्सपरेन्सी इन्टरनेशनल सचिवालयमा कार्यारत कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।
समिक्षाको अन्त्यमा देशमा हालको सुशासनको अवस्था अत्यन्तै कमजोर र भ्रष्टाचार भयाबहरुपमा रहेको बारेमा गम्भिर छलफल भै निष्कार्षमा सहित सबै सरोकारवालाहरु लाई ध्यानार्कष्ण गराउदै संयुक्तरुपमा प्रेस बिज्ञप्ति जारिगरिएको छ ।