भ्वाईस नेपालगञ्जको चौथो अधिबेशन सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज / भ्वाईस नेपालगञ्जको चौथो अधिबेशन नेपालगञ्जमा सम्पन्न भएको छ ।

२०६५ सालका स्थापना भई सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था भ्वाईस नेपालगञ्जको आज स्वस्तिक कटेजमा सम्पन्न भएको हो ।

गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहको प्रमुख आतिथ्यमा आयोजित भ्वाइस नेपालगञ्जको चौथो अधिवेशन बाट रमेश सिटौला अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

संस्थाको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्क्षमा क्रमश पिंकी शाह, माधव कार्की, रामु चिडीमार र शोभा थापा मगर रहेका छन् ।

सदस्यहरुमा रास्टी बुढा मगर, रमिता शाह, जानकी वि.क, बब्लु शेष, मधु पौडेल, रविन्द्र बोहरा, विशाल विक्रम वर्मा, विवेक पराजुली र रज्जब अलि वाग्वान रहेका छन् ।

यसैगरी हालै सम्पन्न गैरसरकारी संस्था महासंघ नेपालको महाधिबेशन बाट केन्द्रीय सचिव पदमा निर्बाचित भएका शाहलाई भ्वाईस नेपालगञ्जका अध्यक्ष ओबीराज आचार्य र भ्वाईस नेपालगञ्जका पुर्ब अध्यक्ष युवराज जङ शाहले सम्मान पत्र सहित खादा ओढाई सम्मान गरेका थिए ।

शाह भ्वाईस नेपालगञ्जका संस्थापक अध्यक्ष हुन।

  • ४ चैत्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech