प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षकहरू घाइते

असल शासन प्रतिनिधि

प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक घाइते भएका छन् । आइतबार दिउसो नयाँ बानेश्वर क्षेत्रमा शिक्ष्कहरुले निशेधित क्षेत्र तोडेपछी प्रहरी र आन्दोलनरत शिक्षकहरू बिच झडप भएको थियो ।

झडपको क्रममा ६३ जना शिक्षकहरु घाइते भएका हुन् । घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिट र एभरेष्ट हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । शान्तिपुर्ण शैक्षिक आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर अन्धाधुन्द शिक्षाकर्मीमाथी लाठ्ठी प्रहार गरेको आन्दोलनमा सहभागि शिक्षकहरुको भनाइ छ । प्रहरीको तर्फबाट लाठी र पानीको फोहोरा प्रहार भएपछि शिक्षकहरूले समेत ढुंगा प्रहार गरेका थिए ।

  • १४ बैशाख २०८२, आईतवार प्रकाशित

  • Nabintech