नेपालगञ्ज / कोहलपुरमा सरसफाई साईकल र्याली सम्पन्न भएको छ ।
रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा बुधवार उक्त साईकल र्याली गरिएको हो ।
प्लाष्टिक जन्य फोहोरमैला ब्यवस्थापन र जवाफदेहता परियोजना अन्तर्गत कोहलपुरको चौराहा सालको बुटा गोर्खा स्कुल, दश बिगाहा शिब मन्दिर एनटिभी रोड हुदै साझा चोकमा पुगेर सामापन समापन भएको थियो ।
”प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य” मुल भन्ने मुल नाराका साथ साईकलमा बिभिन्न स्लोगन लेखिएका प्लेकार्डहरुहरु बोकेर शुरु गरिएको थियो भने स्लोगनहरुमा चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौँ, प्लास्टिकको प्रयोग न्यूनीकरण गरौं, रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लाष्टिकजन्य फोहोर कम गरौं, प्लाष्टिकजन्य फोहर नजलाऔँ, वायु स्वच्छ राखौं लगायतका रहेका थिए ।
साईकल रयालीको माध्यामबाट सरसफाई सम्बन्धि जनचेतना फैलाउन आयोजना गरिएको सरसफाई साईकल र्यालीमा सबैजनाले म आफ्नो घरको फोहोर कुहिने र नकुहिने गरी छुट्याएर ब्यवस्थापन गर्दछु ,तपाँई नि ? भन्ने स्लोगन लेखिएको टिसर्टहरु लगाएर शन्देस छर्न लागिपरेका थिए ।
बास नेपालका स्वयंसेवकहरु लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, बिद्यार्थीहरु लगायत नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी गरी एक सय बढिको सहभागीता रहेको र्यालीमा सहभागीहरुले भिडियो बनाउने, टिकटक बनाउने देखी फेसबुक लाईभ गरेर र्यालीको मुल मर्मलाई प्रचारु प्रसार गरिरहेका थिए । कोहलपुर नगरपालिकाका वातावरण शाखाका प्रतिनिधिहरु सहित अयोजना गरिएको सरसफाई साईकल र्यालीको समापन साझा चौकमा पुगेर समापन भएको थियो ।
र्याली समापनमा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्धेश्यका बारेमा प्रकाश पार्दै रयालीमा सहभागी सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे ।
त्यस्तै क्रियशन नेपालकाजु फाउन्डर तथा संस्थापक आनन्द मिश्राले कार्यक्रम एकदम फलदायी भएको बताए । क्रियशन नेपालका वातावरण अधिकृतल सनिा जोशी, एक्ज्युकेटिभ अफिसर संस्कृति लगायतको उपस्थिति रहको थियो । र्यालीको समापन सँगै सहभागीहरुलाई धन्यवाद ज्ञापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा गरेका थिए ।
कार्यक्रम बास नपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेका थिए ।