बर्दियाको गेरुवामा लोकसेवा तयारी कक्षाको उद्घाटण

तालिम १४ गते बिहान ६ बजे देखी ९ बजे सम्म, पशुपति माबिमा

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बर्दियाको गेरुवा गाउँपालिमा लोक सेवा तयारी कक्षाको उद्घाटण भएको छ ।


गेरुवा गाउँपालिका सहयोग तथा बास नेपालको सहजीकरणमा लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत प्रशासन तर्फ चौथो र पाँचौं वा सो सरह लोक सेवा तयारी कक्षाको बिहिवार उद्घाटण भएको हो ।
स्थानिय युवाहरुलाई सरकारी सेवा प्रबेश गर्न हौषला प्रदान गर्ने उद्धेश्यले हरेक बर्ष सञ्चलन गर्दै आएको लोक सेवा तयारी कक्षाको यो बर्ष पनि सञ्चालन गर्न लागेको हो ।

तयारी कक्षा लिन ईच्छुक कोही पनि युवा नछुटुन भन्ने उद्धेश्यले पालिकाले नै खुल्ला आब्हान गरी तालिम लिन ईच्छुहरुका लागि आबेदन मागेको र सोही अनुसार ५० जना सहभागीहरु छनौट भएका महिला बालबालिका शाखा प्रमुख रमा पुनले बताईन् ।

३० दिने निशुल्क लोकसेवा तयारी कक्षाको उद्घाटण सत्रमा बोल्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका गेरुवा गाउँपालिकाका सामाजिक बिकास संयोजक निर्मल चौधरीले दिनहुँ बिदेशिने युवाहरुको संख्यामा कटौती गर्न र युवाहरुलाई नेपालमै रोजगारी सिर्जना गर्न तालिमको आयोजना गरेका बताए । साथै उनले भने लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्ग स्थानिय सरकारले पढ्न चाहने युवाहरुका लागि यो अवसर प्रदान गरेकाले उक्त अवसरको सहि सदपयोग गरी अर्को बर्ष यँही पढेका मध्ये धेरैले सरकारीसेवा प्रबेश गरेको हेर्न चाहेको छु ।

त्यस्तै उद्घाटण सत्रमा निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज अधिकारी, लोक सेवा तालिमका प्रशिक्षक तथा पुर्बाधार बिकास शाखा प्रमुख ईन्जिनियर टंकर रोकायाले आ आफ्ना भनाई राखेका थिए ।

लोकसेवा तयारी कक्षा १४ गते बिहान ६ बजे देखी ९ बजे सम्म श्री पशुपति माबिमा सञ्चालन हुनेछ ।

सामाजिक बिकास संयोजक निर्मल चौधरीको अध्यक्षतामा सञ्चालन गरिएको उद्घाटन सत्रमा गेरुवा गाउँपालिका वडा नम्बर २का अध्यक्ष, कृष्ण थारु, वडा नम्बर ४ का अध्यक्ष, महेन्द्र चौधरी र वडा नम्बर ६ का अध्यक्ष कृष्ण गोपाल चौधरीको उपस्थिति रहेको कार्यक्रममा जेष्ठ नागरिक,महिला बालबालिका शाखा प्रमुख रमा पुनले स्वागत गरेकी थिईन् । कार्यक्रम बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेका थिए ।

  • १४ बैशाख २०८२, आईतवार प्रकाशित

  • Nabintech