एकाबिहानै गाउँभरीका मान्छेहरु मेरो घरमा जम्मा भएका थिए । त्यहाँ जम्मा भएका मान्छेहरु कसैको पनि अनुहारमा उज्यालो थिएन, सबै मौन थिए । सबैको आँखाबाट आँशु झरीरहेको थियो । कोही मान्छेहरु डाको छोडेर रोइरहेका थिए । त्यो सब के भइरहेको थियो मलार्ई केहि थाहा थिएन । दाइ र दिदीहरुको मुखबाट मेरी ‘आमा’ हामीलार्र्ई छोडेर का जानु भयो ?, हामीलार्ई मुले पारेर यति छिट्टै किन जानु भयो ?, अव हामीलार्र्ई कस्ले पाल्छ, मेरी ‘आमा’ केही बोलेर जानु आदि इत्यादि आवाज निस्किरहेको थियो ।
घरको आगनभरी मान्छे थिए । घरको एक कुनामा मेरी आमा सुतेकी थिइन् । मलार्ई यो सब केही थाहा थिएन, मलार्ई ‘आमा’ सुतेको मात्रै थाहा थियो । त्यतिबेला म ५ वर्षको थिए । सानै उमेरको भएर होला घरमा के भइरहेको छ, मान्छे किन जम्मा भएका छन्, किन रोइरहेका छन् यो सब मलार्ई केहि थाहा थिएन । म र म भन्दा २ वर्ष कान्छि बहिनी घरको पछाडीतिर खेलिरहेका थियौँ । हामीलार्ई खेल्ने कुरा बाहेक अरु केहि कुरामा ध्यान थिएन त्यतिवेला । हामी पछाडी खेलिरहको बखत गाउँको एकजना दाइले तिमिहरुको ‘आमा’ ले तिमिहरुलार्ई सँधैका लागि छोडेर जानु भयो तिमिहरुलार्ई थाहा छ ? प्रश्न गर्नु भयो । हामी परिपक्क नभएका कारण यस्ता शब्दहरु हामीले बुझ्न सक्ने कुरा भएन । कहाँ जान लाग्नु भयो हाम्री ‘आमा’ हामीलार्ई छोडेर हामी पनि संगै जान्छौँ, हामीले जवाफ दियौँ । तिमिहरु जान मिल्दैन घरमै बस हामी पुगाएर आउँछौँ दाइले फेरी भन्नु भयो । हामी खेल्नमै व्यस्त थियौँ । ५ वर्षको बालापनको उमेर भएकाले याद नहुनु स्वाभाविकै हो । मैले आमाको विषयमा सोध्दा ‘तेरी आमा गई’ भनेको पनि अलि अलि याद छ । त्यो बाहेक आमाको केही सम्झन छैन मलार्ई ।
हामीलार्ई ‘आमा’ सुतिराख्नु भएको छ लागिरहेको थियो । एकछिन पछि थाहा भयो आमा कहिल्यै नफर्किने गरि सदाका लागि सुत्नु भएको रहेछ । गाउँका सबै आफन्तहरु ‘आमा’ को अन्तिम बिदाइको लागि तयारी गरी रहेका थिए । दाइ, दिदी र अन्य आफन्तहरु रोहेर थाकेका थिएनन्, निरन्तर डाखो छोडेर वेस्सरी रोइरहेका थिए । बहिनी र मैले त्यो सबै वेवास्ता गरिरहेका थियौँ । हामी सबै कुरा बुझ्ने भइसकेका थिएनौँ । एकैछिनमा ‘आमा’ लार्ई बाँसमा बाँधेर पहेँलो र सेतो कपडा ओडाएर घरबाट निकाले । ‘आमा’ लार्ई घरबाट निकाल्ने बेलामा घरमा जम्मा भएका सबै महिला मान्छेहरु ठुलो स्वरमा रुन थाले भने पुरुषहरुले ‘आमा’ लाई बोकेर घाडमा लगेर गए अन्तिम दाहासंस्कारको लागि । त्यतिबेला ‘आमा’ ले आफ्नो घर र हामीलार्र्ई सदाका लागि छोडेर जानुभएको रहेछ त्यो कुरा म अलि ठुलो भएपछि मात्रै थाहा भयो ।
म भन्दा सानो बहिनीपछि अर्को बहिनीको जन्म दिनु भएको थियो ‘आमा’ ले । ७ जना छोराछोरी पछि फेरी अर्को छोरीको जन्म थियो तयो । त्यो समयमा परिवार नियोजनको साधन प्रयोग गर्ने चलन नभएको र अशिक्षाको कारण आफ्नो ज्यानै जोखिममा राखेर धेरै बच्चा जन्माउने चलन थियो । सानो बहिनी जन्मेको केहि दिनमै यस्को मृत्यु भएको थियो । आमा सुत्केरी हुँदानै सुत्केरी बिरामले च्यापेको रहेछ । सुत्केरी समयमा च्यापेको बिरामले नछोडेर लामो समय सम्मा आमाले पिडा खेप्नु परेको थियो । त्यतिबेला गाउँमा अहिलेको जस्तो अस्पताल र स्वास्थ्यकर्मिहरु थिएनन् । उपचार गर्न सुर्खेत नेपालगन्ज सम्म पुगाउनका लागि त्यो समयमा यातायातको सुविधा थिएन । बोकेर पैतल हिँडेर जानु पथ्र्यो । त्यो सबै गर्ने अवस्था थिएन त्यतिवेला । विकटता र गरिवीको कारण धेरै ब्यक्तिहरुले अकालमै ज्यान गुमाउनुपथर्यो त्यो समय गाउँमा । घरायसी उपचारमा लामो समय वेथित गर्दा पनि निको नभएपछि राम्रो उपचार नपाएर ‘आमा’ ले अकालमै ज्यान गुमाउनु परेको थियो । अहिलेको जस्तो परिवेस भएको भए र म अहिले भएको स्थानमा भएको भए आमाले अकालमा ज्यान गुमाउनु पर्ने थिएन होला सायद । ‘आमा’ मलार्ई माफ गर्नुहोस म सानै भएकाले हजुरको उपचार गर्न सकेन र हजुरलाई बचाउन सकेन ।
‘आमा’ ले हामीलार्र्ई सदाका लागि छोडेर गएको दिनमा म र बहिनी रुन पाएनौँ । त्यतिबेला ‘आमा’ ले हामीलार्र्ई फेरी नभेटने गरी छोडेर गएको भन्ने कुरा नै थाहा भएन, किन की हामी सानै थियौँ । ति सबै कुरा हामी ठुलो भएपछि दिदीले भन्नु भएको हो । त्यो कुरा सम्झेर कहिलकाहिँ अहिले पनि एकान्त कुनामा वसेर म रुन्छु । ‘आमा’ को अनुहार पनि राम्रो संग सम्झना छैन मलार्र्ई । ५ वर्षको उमेरमा मलार्र्ई छोडेर जानु भएको थियो मेरी आमा । ‘आमा’ को माया कस्तो हुन्छ अनुभव मसंग छैन । ‘आमा’ भन्ने शब्द नै मेरो जीवनमा अपुरो भयो । यो कथा लेख्दै गर्दा आमालार्ई सम्झेर म वेस्सरी रोएको छु । हरेक वर्ष ‘आमा’ को मुख हेर्ने दिनमा सबैले ‘आमा’ संग संगै भएको फोटो फेसबुकमा हालेको देखेपछि मलार्ई ‘आमा’ को याद आउछ अनि रुन्छु । फेसबुकमा राख्नलार्ई आमासंगै भएको त के आमाको एउटा सिंगल फोटो समेत छैन मसंग ।
‘आमा’ ले हामीलार्र्ई छोडेर गएको दिनदेखि हाम्रो घर अन्धकार भएको थियो । त्यति सानो उमेरमा आमा गुमाउदाको पिडा अलि पछि थाहा हुँदै गयो । आफुसंगैका साथिभाइले आमा भनेर बोलाएको आमाको बुइ (पिठिउ) लागेर हिँडेको देखेपछि ‘आमा’ को याद आउँथ्यो । साथीभाइहरुले हाम्रो त आमाले कति माया गर्नुहुन्छ, मिठोमिठो खाने कुरा दिनुहुन्छ, तँत आमा मरेको मान्छे भनेर जिस्क्याउथे । त्यतिबेला लाग्थ्यो आमा मलार्ई सानैमा छोडेर किन जानु भयो होला । ‘आमा’ को मृत्यु पछि घर अपुरो भयो । घरमा जीवनमा सबैभन्दा बढी रेखदेख र माया गर्ने ब्यक्ति कोही छ भने ति आमा नै हुन् । सच्चा भगवान भनेकै ‘आमा’ हुन् । ‘आमा’ एउटा यस्तो शब्द हो, जुन उच्चारणमा सम्मान र न्यानोपन महसुस हुन्छ । आमाको बिषयमा जति शब्द खर्चिए पनि कम हुन्छ । आमा जननी हुन् । त्यसैले, ‘आमा’ लार्ई मातृभूमिसँग पनि तुलना गरिन्छ । आमाको जस्तो निस्वार्थ प्रेम सायदै कसैले देला । तर मैले भगवानरुपी आमाको माया पाउनबाट बञ्चित भए । सानोमा मैले थाहा नपाउने बेलासम्म आमाले मलार्ई कति माया गर्नु भयो त्यो मलार्ई केहि थाहा छैन । म थाहा पाउने भएदेखि न आमाको अनुहार हेर्न पाएँ, न आमाको आवाज सुन्न पाएँ, नत आमाको माया नै पाएँ । यि सबै अवसरबाट बञ्चित भएको थिए म । आमाले हामीलार्ई छोडेर गएपछि हामी ४ दाजुभाइ र ३ दिदीबहिनीलाई सबैले मुले परे भन्ने गथ्र्ये । मुले परे भनेको कुराको अर्थ मलार्र्ई थाहा थिएन । त्यसपछिका हरेक दिनहरु हाम्रो लागि दिनपनि रात झैँ लाग्न थाले । घरको सबै चाँचोपाँचो मिलाउने, खानापिना बनाएर खुआउने मुख्य ब्यक्ति आमा नहुँदा त्यो घर कस्तो हुन्छ होला सजिलै अनुमान गर्न सकिन्छ । त्यसपछिका दिनहरुमा आमाको अभाव हुन नदिनका लागि ठुलो दिदीले हर प्रयास गर्नु भयो । आमाको जिम्मेवारी ठुलो दिदीले पुरा गर्दै जानुभयो ।