नेपालगञ्ज / ६ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता गर्दै खजुरा गाउँपालिका वडा नम्बर २ ले सितापुरमा सार्बजनिक सुनुवाई सम्पन्न गरेको छ ।
खजुरा गाउँपालिका वडा नम्बर २को आयोजना र बास नेपालको सहजीकरणमा सोमवार सितापुरको शुक्र माबि मा आयोजना गरिएको सार्बजनिक सुनुवाई बाट ६ बुद्धे सार्बजिनक सनुवाई भएको हो ।
बिकास निर्माणको गुणस्तरीयता र सेवा सुबिधाको प्रभावकारिता बिषयक आर्थिक बर्ष २०८१र ०८२ दोश्रो चौमासिक सार्बजनिक सुनुवाई बाट ब्यक्त गरिएका प्रतिबद्धताहरुमा वडा कार्यालय नजिक रहेको फोटोकपी पसलले सेवाग्राहीबाट चर्को शुल्क लिएको गुनासो आएकाले सो बारे लिखित गुनासो आएमा आबश्यक कार्बाही गर्ने र निकट भबिश्यमा वडा कार्यालयमै फोटोकपि मेसिन राखी वडाबाटै सो सेवा दिने, वडा कार्यलयको सेवा प्रभावकारी बनाउनका लागि वडा कार्यालयमा टोकन प्रणाली जडान गर्ने, न्युनतम १० कट्टा जग्गा भएकाले मात्र कृषि अनुदान प्राप्त गर्ने भएकाले १० कट्टा भन्दा कम जमिन हुने ब्यक्तीहरु मिलेर सामुहिक रुपमा अनुदान माग गरेमा अनुदान दिनका लागि अबश्यक सहयोग गर्ने,शुक्र माबी पछाडी ९७ नम्बर देखि १०१ नम्बर सम्म र आचार्या चोक देखि तिलापुर जोड्ने सडक यसै आर्थिक बर्ष भित्रमा ग्राभेल गर्ने, पालिकाबाट बिद्यालयमा प्रदान गरिने सेनेटरी प्याड गुणस्तरीय भए नभएको बारे खबरदारी गर्ने, लागू औषध सचेतनामुलक कार्यक्रम संचालन गर्ने लगायतका रहेका छन् ।
वडा नम्बर २ का अध्यक्ष धनिराम ओलि क्षेत्री, वडा सदस्य सीता कुमारी बिक, वडा सदस्य मिना कुमारी सुनार, वडा सचिव बिजय चौधरी, सितापुर स्वास्थ्य चौकी प्रमुख,शेर बहादुर रोकाया सार्बजनिक सुनुवाईको प्रमुख सरोकारवाला ब्यक्तिको रुपमा रहेको कार्यक्रममा सहभागीहरुले वडा कार्यालय बाहिर महङ्गो दस्तुर तिरेर फोटोकपी गर्नुपरेको, बिभिन्न टोलमा बिभिन्न कच्ची बाटो काटेर ग्राभेल नगरेको, वडामा सेवाग्राहीले सेवा लिदा टोकन को ब्यवस्था नगरेको, टोल बिकास संस्थालाई जिम्मेवारी नदिएको, कृषि अनुदानमा समान बितरण नगरेको, सडक निर्माण गर्दा उचित नालीको ब्यवस्था नगर्दा खेती योग्य जमिन कटान हुने गरेको, पालिकाले बितराण् गर्ने सेनेटरी प्याडको गुणस्तरियता सम्बन्धी ध्यान नदिएको, बिद्यालय वरीपरी मदिरा बिक्रि हुदाँ पनि स्थानिय सरकार चुपचाप बसेको लगायत प्रश्णहरु राखेका थिए भने वडा अध्यक्ष धनिराम वलीले पालैपाले सबै गुनासोहरुको सुनुवाई गरेका थिए ।
झण्डै २ घण्टा सम्म चलेको सार्बजनिक सुनुवाईमा एक सय पचास बढिको सहभागीता रहेको थियो।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको अबधारण माथि प्रकाश पारेको कार्यक्रममा अध्यक्ष वलीले दोश्रो चौमासिक भित्रमा वडा बाट भएका कामहरुको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले साझा सार्बजनिक प्रतिबद्धता प्रस्तुत गरेका थिए ।
कार्यक्रम सहजीकरण बास नेपालका प्रबन्धक मन भण्डारीले गरेका थिए ।