जलबायु न्याय बिषयक तालिम शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दुई दिने जलवायु न्याय बिषयक क्षमता विकास तालिम नेपालगन्जमा शुरु भएको छ ।

क्लिन अप नेपालको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय उक्त तालिम बुधबार देखि शुरु भएको हो ।

लुम्बिनी प्रदेश स्तरीय जलवायु न्याय र कार्य सञ्जालका सदस्यहरुको सहभागिता रहेको सो तालिममा परियोजना संयोजक कैलाश बिक्रम शाहीले संचालन गरेको तालिममा तालिमको उद्देश्य बारे संस्थाका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले प्रकाश पारेका थिए ।

सन्जालका संयोजक नमस्कार शाहले सन्जालको लोगो सार्वजनिक गरि तालिमको शुभारम्भ गरेका थिए ।

लुम्बिनी प्रदेश अन्तर्गतका बाँके, बर्दिया, दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची लगायत विभिन्न जिल्लाका २० जना युवाहरूको सहभागिता रहेको छ ।

विश्व वातावरण दिवस ५ जुन २०२४ मा स्थापना भएको लुम्बिनी प्रदेश स्तरीय जलवायु न्याय र कार्य सञ्जालले जलबायु न्यूनीकरणका लागि कार्य गर्ने उद्देश्य लिएको छ ।

जलवायु परिवर्तन, मानवजन्य वातावरण परिवर्तन, परिवर्तनमा सामाजिक समूहहरू, जलवायु परिवर्तनमा क्षमता अभिवृद्धि र बातावरणमैत्री कार्य प्रणाली लगायतको बिषयमा संस्थाका कार्यकारी निर्देशक रबिन्द्र लामिछाने र प्रशिक्षक प्रेम प्रकाश नेपालीले प्रशिक्षण दिएका थिए ।

तालिम बिहिवारसम्म सञ्चालन हुनेछ । तालिमलाई Intersectional Green Future: Advancing Climate Justice For all परियोजना मार्फत IM Swedish Development Partner ले आर्थिक सहयोग गरेको छ ।

  • १७ बैशाख २०८२, बुधबार प्रकाशित

  • Nabintech