बर्दियाको मधुवन नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
एक समारोहका विच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
पालिकाको बालविवाह मुक्त अभियान रणनितिक योजना अनुसार वडामा १५ प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ । वडामा गरिएको सर्वेक्षण अनुसार १४ प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।
मधुवन नगरपालिकालाई नै वालविवाह मुक्त बनाउन पालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह ९वि ग्रुप ०, बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका गैर सरकारी संस्थाहरु विगत ३ वर्ष देखि कृयाशील छन् । यस अधि मधुवन नगरपालिकाको वडा नं। ४ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ ।