सक्रिय सदस्यहरुलाइ सकारात्मक सोच

असल शासन प्रतिनिधि

बास नेपालका सक्रिय सदस्यहरुका लागि सकारात्मक सोच बिषयक तालिम शनिबार नेपालगन्जमा सम्पन्न भएको छ ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले नेतृत्व विकास, नतृत्वका शैली, जीवन रुपान्तरणका सूत्रहरु, सकारात्मक सोच, उत्प्रेरणा, तनाव ब्यवस्थापन, समुह कार्य, जीवनोपयोगी सिप लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।
तालिमको समापन सत्रमा बोल्दै बास नेपालका सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले तालिमबाट नेतृत्व विकासका बिविध आयामहरु र जीवन रुपान्तरणका सूत्रहरुको वारेमा जानकारी मिलेको बताइन ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले तालमिबाट सबैलाइ उत्प्रेरणा र उर्जा मिलेको बताउदै तालिममा प्रस्तुत भएका विषयवस्तुलाइ आत्मसाथ गरेर काम बताए । तालिमका सहभागी तथा बासका सक्रिय सदस्य झविलाल शर्माले नेतृत्व गर्ने ब्यक्तिहरु रोलमोडल भएर काम गर्नुपर्ने सिपको सिकाइ भएको बताउदै तालिमबाट जीवनोपयोगी सिप लगायत धेरै विषयको ज्ञान मिलेको बताए ।

तालिमको सञ्चालन बास नेपालका केन्द्रीय महासचिब कल्पना अधिकारीले गरेकी थिइन भने बास नेपालका निबर्तमान अध्यक्ष लुना बुढाथोकीले तालिमका सहभागिहरुलाइ स्वागत गरेकी थिइन् । तालिममा बास नेपालका कार्यसमिति पदाधिकारी, सक्रिय सदस्य र कर्मचारी गरी ५० जनाको सहभागिता रहेको थियो ।

  • २१ बैशाख २०८२, आईतवार प्रकाशित

  • Nabintech