नेपालगन्ज/ महिला तथा किसोरीहरुका लागि आज बैजनाथ गाउँपालिमा महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बैजनाथ गाउँपालिकाका बिभिन्न वडाका महिला तथा किशोरीहरुलाई एफकेबी युके र बास नेपालले आज (आइतबार) सो महिनावारी स्वच्छता शिक्षा प्रदान गर्दै पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बितरण गरिएकोे हो ।
किशोरी तथा महिलाहरुलाई महिनावारी स्वच्छता समबन्धि शिक्षा प्रदान गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा बजारमा पाईने स्यानीटरी प्याडलाई प्रयोग नगरि पुन प्रयोग गर्न मिल्ने स्यानीटरी प्याडको प्रयोग गर्ने तरिकाका साथै उक्त प्याड प्रयोग गर्दा हुने आर्थिक बचत तथा स्वास्थ्यमा हुने फाईदाहरुको बारेमा गराइएको थिायो । बैजनाथ गाउँपालिका बिभिन्न वडाका ७५ जना किशोरी तथा महिलाहरुको सहभागीता रहेको उक्त बास नेपालका सदस्य राष्टि बुढामगरले रियुजऐवल सेनीटरी प्याड तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुन ः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्रीको बारेमा जानकारी गराएका थिए । साथै किट ब्याग बितराण गर्नु भन्दा अगाडी फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरण पछी ७५ जना किशोरी तथा महिलाहरुलाइपुन प्रयोग गर्न मिल्ने फ्रिडम किट ब्याग वितरण गरिएको थियो ।
कार्यक्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले महिनावारी स्वच्छता शिक्षा कार्यक्रमले महिनावारी भएको समयमा किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट बच्न सजग गराएको बताइन् । पुन ः प्रयोग गर्न मिल्ने फ्रिडम किट ब्याग वितरणले पालिकाका विपन्न तथा सिमान्तकृत किशारी तथा महिलाहरुले लाभ पाएको बताउदै उन्ले भनिन् महिनावारी सम्बन्धि गाँउमा अझै पनि अन्धबिश्वाष रहेकाले त्यो अन्धबिश्वाषलाई हटाउन र महिनावारी हुँदा आफ्नो स्वास्थ्यको सरसफाईको विषयमा कार्यक्रमबाट किशोरी तथा महिलाहरुले जानकारी पाएको रोकायको भनाइ थियो ।
कार्यक्रमका सहभागिहरुले बजारबाट किनेर स्यानेटरी प्याडको प्रयोग गर्ने गरेको र प्रयोग गरेको प्याड जलाउने गरेकोमा पुन प्रयोग गर्न मिल्ने फ्रिडम किट व्याक पाएकोमा खुसी ब्याक्त गरेका थिए । कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राजु रुचाल, कार्यपालिका सदस्य कृष्ण बि.क, वडा नं.२ का सदस्य सितादेवी बि.क. बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाह, महासचिब कल्पना अधिकारी, शिक्षा अधिकृत मिना घर्ती, लगायतको सहभागिता रहेको थियो । बास नेपालका महासचिब कल्पना अधिकारीले सञ्चालन गरेको कार्यक्रको समापन बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाहले गरेकी थिइन् ।