बिधुत करेन्ट लागि माझिको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बिधुतको करेन्ट लागेर एक युवकको निधन भएको छ ।

दैलेखको आठबिस नगरपालिका वडा ४ राकमको जिरो पोईण्ट नजिक रुख काट्ने क्रममा राष्ट्रिय प्रसाण लाईनको करेन्ट लाग्दा स्थानीय नगेन्द्र माझीको निधन भएको हो ।

रुख काट्ने क्रममा काटेको रुखको हाङ्गा तारमा लागि करेन्ट लाग्दा माझी रुखमै जलेर भुईमा खसेको स्थानीयले बताए ।

२८ बर्षिया माझी कैलाली जिल्लाको टिकापुरमा रहेको सिबिल ईन्जिनियरत अन्तरगतको छैटौ सेमेस्टरमा अध्ययनरत थिए ।

  • २१ बैशाख २०८२, आईतवार प्रकाशित

  • Nabintech