नेपालगञ्ज / बास नेपालले कोहलपुरमा नेट शुन्य कार्बन नेपालका लागि पलाष्टिक फोहोरको पुन प्रयोग र पुर्नचक्र सम्बन्धी स्वयंसेवक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा आज उक्त स्वयंसेवक अभिमुखिकरण गरिएका हो ।
प्लाष्टिक जन्य फोहोरमैला ब्यवस्थापन र जवाफदेहता परियोजना अन्तर्गत कोहलपुरको सझा चौकमा रहेको नोबेल मन्टेश्वरीमा सो अभिमुखिकरण भएको हो ।
कोहलपुर नगरपालिकाका १५ वटै वडाका युवाहरुलाई समेटेर अयोजना गरिएको स्वयंसेवक अभिमुखिकरणमा प्लाष्टिकजन्य फोहोरमैला सर्कुलर अर्थब्यवस्था, प्लाष्टिकका प्रकारहरु, लैङ्गिक समानता, सञ्चारको भुमिकाका साथै सरसफाईको क्षेत्रमा कोहलपुर नगरपालिकाले गरेका कामहरुका बारेमा अभिमुखिकरण दिईयो ।
बिभिन्न वडा बाट सहभागी २४ जना युवा स्वयंसेवकहरुलाई बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारी, केन्द्रीय सचिव जोशिना थारु, प्लाष्टिक जन्य फोहोर मैला ब्यवस्थापन तथा जवाफदेहिता परियोजना संयोजक माधव कार्कीले अभिमुखिकरणको सहजीकरण गरेका थिए ।