स्वास्थ्य सिबिर बाट २५४ जनाले पाए लाभ

असल शासन प्रतिनिधि

नेपालगन्ज /बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ को वेलास्पुरमा निशुल्क स्वास्थ्य सिबिर सम्पन्न भएको छ ।
चिडिमार समुदायको हकहित र सेवामा सक्रिय बहेलिया चिडिमार विकास समाजको आयोजनामा शुक्रबार उक्त स्वास्थ्य सिबिर सम्पन्न भएको हो ।

बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म भएको सिबिरमा २५४ जनाले सेवा लिएको बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमारले जानकारी दिए । निशुल्क स्वास्थ्य सिबिर सञ्चालनका लागि नेपालगन्ज स्थित भिजन आँखा अस्पताल, ब्रिनोज कान सामुदायिक सेवा केन्द्र, बास नेपाल बाँके शाखा र गौरव स्मृती तथा बियोर सेल्फ फाउण्डेशनको सहकार्य रहेको थियो ।
सिबिरमा कान र आँखाको जाँच गरिएको थियो । सिबिरमा जाँच गरेरका बिरामीहरु मध्ये आँखा र कानको सल्याकृया गर्नुपर्ने देखिएका बिरामिहरु सल्याक्रियाका लागि अस्पताल गएमा ५० प्रतिशत छुटमा उपचार गरिने आयोजक संस्था बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमारले बताए ।

स्वास्थ्य सिबिरमा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमार, बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहरा, गौरव स्मृती तथा बियोर सेल्फ फाउण्डेशनका अध्यक्ष प्रदिप साहु, बहेलिया चिडिमार विकास समाजका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

  • २६ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • Nabintech