शाहको स्मृतिमा भवन निर्माणका लागि सहयोग

शाहको स्मृतिमा निरन्तर सामाजिक कार्य

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको १७ औं बार्षिक पूण्यतिथीमा सहयोग प्रदान गरिएको छ ।

बास नेपालद्वारा नेपालगञ्जमा बैशाख २७ गते सम्पन्न बार्षिक पूण्यतिथी कार्यक्रममा दर्शन सेवा समाज बाँकेको भवन निर्माण सहयोगार्थ ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरिएको हो ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, केन्द्रीय सचिब जोशिना थारु, केन्द्रीय सदस्य कमल शाही, कार्यकारी निर्देशक नमस्कार शाह, कार्यक्रम प्रबन्धक मन भण्डारीले संयुक्त रुपमा सो सहयोग रकमको चेक दर्शन सेवा समाज बाँकेका सचिव दशरथ चन्द, सल्लाहकार जगदिश बहादुर सिंहलाई हस्तान्तरण गरेका थिए ।

शाहको सम्झनामा बास नेपालले स्थापना गरेको रुक्मिणी स्मृती अक्षय कोषबाट उक्त सहयोग प्रदान गरिएको हो ।

बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै शाहको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो ।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक तथा रुक्मिणी शाहका दाजु नमस्कार शाहले पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको व्यक्तित्वका बारेमा बोलेका थिए ।

कार्यक्रममा सहयोग ग्रहण गरिसके पश्चात बोल्दै दर्शन सेवा समाज बाँकेका सचिव दशरथ चन्दले पूर्ब केन्द्रीय शाहको सम्मानमा अक्षय कोष स्थापना गरि मानविय कार्यमा सहयोग गर्नु मानविय, परोपकारी कार्य भएको बताए । उनले समाजको घर निर्माणका लागि बास नेपालबाट भएको सहयोगको सह्राना गरे ।

कार्यक्रम समापन गर्दै बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले बास नेपालको संघर्षशिल समयमा केन्द्रीय सदस्यको रुपमा कार्यरत रहि पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहले संस्थागत बिकासमा अतुलनिय योगदान दिएको स्मरण गरे ।

उनले भने – शाहको सम्मानमा संस्थाले स्थापना गरेको अक्षय कोषको राशि आगामी दिनमा बृद्धि गर्दै लगिनेछ, सामाजिक कार्यहरु व्यापक रुपमा गरिनेछ ।

कार्यक्रममा बास नेपालका पदाधिकारी, सदस्य, स्वयंसेवक, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बालबालिकाहरुलाई शैक्षिक सामाग्री :

यसैगरी पूण्यतिथीकै दिन बास नेपालले बाँकेको राप्तीसोनारी बिनौना स्थित जयबागेश्वरी बाल संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिब कुमार बर्मा नेतृत्वको टोली आश्रममै पुगेर बालबालिकाहरुलाई शैक्षिक सामाग्रि प्रदान गरेको हो ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, कार्यक्रम प्रबन्धक मन भण्डारी, प्रशासन प्रमुख शुद्ध चौधरीले आश्रममा आश्रित बालबालिका र आश्रमकी अध्यक्ष तारा ओलीलाई शैक्षिक सामाग्रि प्रदान गरेका थिए ।

बालबालिकाहरुलाई आवश्यक स्टेशनरी (कपि, कलम) प्रदान गरिएको कार्यक्रममा केन्द्रीय अध्यक्ष शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह बोलेका थिए ।

पुण्यतिथीमा सामाजिक कार्य :

शाहको पूण्य तिथीमा बिभिन्न सामाजिक कार्यहरु बासले गर्दै आएको छ । २०६६ देखि हाल सम्म बिभिन्न कार्यहरु गर्दै आएको हो । पहिलो, दोश्रो र तेस्रो बार्षिक पूण्य तिथीमा कार्यक्रम गरि शाहको व्यक्तित्व बारे चर्चा गरि सम्झना गरेको बासले चौथो पूण्य तिथीमा २०६९ बैशाख २७ गते नेपालगन्ज स्थित भेरी बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई फलफुल वितरण गरेको थियो भने पाँचौं बार्षिक पूण्यतिथीमा २०७० बैशाख २७ गते शाहको स्मृतीमा रुक्मिणि स्मृति अक्षय कोष स्थापना गरिएको थियो ।

त्यसैगरी २०७१ बैशाख २७ गते शाहको छैटौं पूण्यतिथीमा बासले भेरी बृद्धाश्रम नेपालगञ्जमा फलफुल बितरण गरेको थियो । २०७२ बैशाख २७ गते सम्पन्न सातौं पूण्यतिथीमा बासले बागेश्वरी मन्दिरमा रहेका अशक्त, अपाँगता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गरेको थियो भने २०७३ बैशाख २७ गते सम्पन्न आठौं बार्षिक पूण्य तिथीमा बासले साविकको मोतिपुर गाविस वडानम्बर ६ मटेरिया बर्दिया स्थायी घर भई हाल नेपालगञ्ज बस्दै आएकि घरेलु हिँसा पीडित सीतारानी चौधरीकी छोरी १६ बर्षिया छोरी सरस्वती चौधरीलाई स्टेशनरी सहयोग हस्तान्तरण गर्नुका साथै कक्षा ९ र १० पढ्दा लाग्ने सबै शुल्क बासद्धारा सहयोग गरिएको थियो ।

२०७४ बैशाख २७ मा सम्पन्न नवौं बार्षिक पूण्यतिथीमा बासले निल सागर बृद्धाश्रम नेपालगञ्जमा आश्रित जेष्ठ नागरिकहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रिहरु हस्तान्तरण गरेको थियो । त्यसैगरी २०७५ बैशाख २७ गते सम्पन्न शाहको १० औं बार्षिक पूण्यतिथीमा बासले बाँके सीतापुर माईती घर भई बर्दिया ठाकुरद्धारा घर भएकी ब्रेन ट्युमर रोग पीडित लक्ष्मी शाहीलाई उपचार सहयोगार्थ ५ हजार सहयोग हस्तान्तरण गरेको थियो ।

त्यसैगरी २०७६ बैशाख २७ गते सम्पन्न शाहको ११ औं बार्षिक पूण्यतिथीमा बासले नेपालगञ्ज वडानम्वर १९ मा बिर बहादुर माझिको संरक्षकत्वमा रहि नेपालगञ्जको होप ईन्टरनेशनल एकेडेमि स्कुलमा अध्ययनरत १३ बर्षिय बिशाल बिष्टलाई अध्ययनका लागि रु. ५ हजार सहयोग प्रदान गरेको थियो भने नेपालगञ्ज वडानम्वर २० की घरेलु हिंसा पीडित महिला गंगा सुनारलाई व्यवसाय सञ्चालन गर्नका लागि रु. ५ हजार सहयोग गरेको थियो ।

यसैगरी २०७७ बैशाख २७ गते १२ औं बार्षिक पूण्यतिथीमा बासले जानकी गाउँपालिका वडानम्वर २ भैयापुर निवासी नेपाल प्रेस ईन्स्टिच्युट, क्षेत्रिय सञ्चार स्रोत केन्द्रमा कार्यरत स्वर्गिय गंगा फुयाँलकी धर्म पत्नीसंगिता फुयाँल र खजुरा गाउँपालिका वडानं ६ उढरापुर निवासी दृष्टिबिहिन जय बहादुर बिश्वकर्मालाई खाद्यान्न सामाग्रि सहयोग गरेको थियो । उनीहरुलाई २५ किलो चामल, साढे २ किलो दाल, २ किलो नुन, २ लिटर तेल लगाएत खाद्यान्न सामाग्री सहयोग गरिएको थियो ।

यसैगरी २०७८ बैशाख २७ गते १३ औं बार्षिक पूण्यतिथीमा बासले पूर्ण अपाँगता भएकी सुनिता बुढालाई नगद पाँच हजार सहयोग गरेको थियो ।बुढाको संरक्षण गरिरहेकी नेपालगन्ज– १८ निवासी समाजसेवी बसन्ती शर्मालाई सहयोग रकम पाँच हजारको चेक हस्तान्तरण गरिएको थियो । यसैगरी बार्षिक पूण्यतिथी कार्यक्रममा नेपालगन्ज स्थित निल सागर सेवाश्रमलाई ५० किलो नुन सहयोग प्रदान गरिएको थियो । सहयोग निल सागर सेवाश्रमका प्रतिनिधि दिवाकर खत्रीले ग्रहण गरेका थिए ।

यसैगरी २०७९ बैशाख २७ गते १४ औं बार्षिक पूण्यतिथीमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १० निवासी १६ बर्षिय प्रकृति महतोलाई नगद दश हजार सहयोग गरिएको थियो ।

यसैगरी २०८० बैशाख २७ गते सम्पन्न १५ औं बार्षिक पूण्यतिथीमा बासको केन्द्रीय कार्यालय भवन निर्माणार्थ एघार हजार एक सय एघार रुपैयाँ सहयोग प्रदान गरिएको थियो भने २०८१ बैशाख २७ गते सम्पन्न १६ औं बार्षिक पूण्यतिथीमा वडा नम्बर १ कि १२ बर्षिया बालिका तेजिका महतरा र नेपालगन्ज २२ का निखिल कुमार यादबलाई जनही रु. ५ हजार सहयोग प्रदान गरिएको थियो । यसका अलावा शाहको सम्झनामा स्थापित अक्षयकोषबाट उनको जन्म दिनको सम्झनामा अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ ।

शाहको स्मृतिमा बासले बास रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ । उक्त कोषबाट यस क्षेत्रका हिँसा पीडित महिला, बिपन्न बालबालिकाहरुलाई सहयोग गर्ने उद्धेश्य लिईएको छ । स्मरण रहोस् २०६५ बैशाख २७ गते खासकाँरकाँदौमा बास पूर्ब केन्द्रिय सदस्य रुक्मिणी शाहका पति लगाएतले उनको दिउसै हत्या गरेका थिए ।

 

  • २७ बैशाख २०८२, शनिबार प्रकाशित

  • Nabintech