बाँके/ लुम्बिनी प्रदेश स्तरीय अल्बानिजम अपाङ्गता सञ्जाल गठन गरिएको छ ।
राष्ट्रिय अपाङ्ग अलविनो नेपाल बाँकेले डिसेबल राइट फन्डको आर्थिक सहयोगमा सो सञ्जाल गठन गरिएको हो ।
असिम पौडेलको अध्यक्षतामा सात सदस्य कार्यसमिति गठन गरिएको छ। जसको उपाध्यक्षमा रिता खड्का, सचिवमा बिकास टमाटा, कोषाध्यक्षमा हरि बिक सदस्यमा धनबहादुर बिक, रेनुका हार लगायत रहेका छन् ।
सञ्जाल गठन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी थिए भने विशिष्ट अतिथि भेरी अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरटेन्डेन्ट डाक्टर बद्री चापागाईं थिए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरी र डुडुवा एकका वडा सदस्य लगायत २८ जना अल्बिनु भएका व्यक्तिहरूको सहभागिता भएको हो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष टेकराज जैसीले गरेका थिए भने कार्यक्रम सञ्चालन कविता विश्वकर्माले गरेकि थिईन् ।