अलबिनिजम भएका व्यक्तिहरुको अधिकारको बहस सुरु

रबिन्द्र बोहरा

२०८१२ बैशख २७, नेपालगन्ज
नेपालमा अलबिनो भएका व्यक्तिहरुको अधिकारको बहस सुरु भएको छ । नेपालगन्जमा शनिबार राष्ट्रिय अपांग अलबिनो नेपाल, बाँकेले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय अलबिनिजम संजाल गठन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीले अलबिनोको समस्या भएका व्यक्तिहरुलाई राज्यले विशेष अधिकार दिनु पर्ने बताए ।

उनले भने समाजले अलबिनो भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न स्थानीय सरकारले गर्नु पर्ने पहल कदमिका बारेमा आफुले पहल गर्ने तथा राज्यलाई दबाव सिर्जना गर्ने कार्य गरिनुपर्ने आवश्यकता रहेको छ ।

कार्यक्रममा बोल्दै भेरी अस्पताल नेपालगन्जका पूर्व सुपरिटेन्डेन्ट बद्री चापागाईंले समाजले अलबिनोको बारेमा बुझन आवश्यक रहेको र यसको बारेमा सबैलाई बुझाउन बहस र पैरबीका आवश्यक रहेको बताए । उनले अलबिनो भएका व्यक्तिहरुलाई आफुले कार्य गर्ने स्वस्थ्य क्षेत्रमा निशुल्क उपचार गर्ने प्रतबद्धता समेत गरे । अलबिनोको समस्या रहेका ब्याक्तीहरुलाई आँखा तथा छालाको समस्या हुने भएकाले त्यस तर्फ यस्ता व्यक्तिहरूले ध्यान दिनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्रा पुरीले अलबिनजमको समस्या भएकाहरुको लागि नेपालगन्ज उपमहानगरपालिकाले गर्नुपर्ने सबै खाले सहयोग गर्न तयार रहेको र वहाँको मागमा अधारित कार्यक्रम माग भई आएमा र सम्बोधन गर्न पहल गर्ने बताइन् ।


कार्यक्रममा अलबिनो अधिकारकर्मी प्रखर गुप्ताले अलबिनोको बारेमा प्रस्ततिकरण गर्दै अलबिजिमको समस्या भएका व्यक्तिहरुलाई अपांगता भएका व्यक्ति सरह विभिन्न सुविधाहरु राज्यबाट प्राप्त हुनुपर्ने र विशेषगरी सनस्क्रिम, हाते माइक्रोस्कोप जस्ता कुराहरुले स्थानीय सरकारले उपलब्ध गराउन आवश्कय रहेको बताए ।
कार्यक्रममा सहभागिहरुले आफुहरुमा रहेको समस्या बारे चिकित्सक बद्री चपागाईँसग जिज्ञासा राख्दै सुझावहरु मागेका थिए ।
कार्यक्रममा राष्ट्रिय अपांग अलबिनो नेपालका अध्यक्ष टेकराज जौशीले उदेश्यबारे जानकारी गराउँदै अलबिनोको समस्याका बारेमा थप प्रष्ट पारेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा गठन भएको लुम्बिनी प्रदेश स्तरीय अलबिनिजम संजालको अध्यक्षमा अमिर पौडेल, उपाध्यक्षमा रिजा खड्का, सचिवमा विकास टमटा, कोषाध्यक्षमा हिमाल वि.क., सदस्यहरुमा धनबहादुर सुनार, रेनु कहर, सवना कबडिया चयन भएका छन् ।

  • २७ बैशाख २०८२, शनिबार प्रकाशित

  • Nabintech