डुँडुवामा आकस्मिक आश्रय स्थल निर्माण कार्य शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको बाढी प्रभावित क्षेत्र डुँडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निमार्ण कार्य शुरु भएको छ ।
नेपाल सरकार सघन शहरी तथा भवन निमार्ण आयोजना कार्यालय नेपालगन्जमार्फत आश्रयस्थल निमार्णको कार्य शुरु भएको डुँडुवा गाउँपालिकाले जनाएको छ ।  पाझा गाउँमा शनिबार एक कार्यक्रमका विच डुँडुवा गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उक्त भवनको शिलान्यास गरेका छन् । बाँके जिल्ला कै सबै भन्दा बढी प्रभावित क्षेत्र अन्र्तगत रहेका गाउँका बाढीपिडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिक रुपमा आश्रयस्थललाई प्रयोग गर्न सहज हुने अध्यक्ष चौधरीले बताए । उनले आकस्मिक भवनले स्थानीयलाई विपद्को वेला र अन्य कुनै पनि सार्वजनिक कार्यका लागि उक्त भवन उपयोग गर्न मिल्ने बताए ।
पहिलो चरणमा ढेड तल्लाको संरचना निर्माण हुने आयोजना कार्यालय नेपालगन्जका इन्जिनियर बसन्ता बुढाथोकीले बताए । उनका अनुसार ठुलो हल, दुई कोठा, शौचालय, भान्सा निमार्णको कार्य पहिलो चरणमा हुनेछ । कुल १ करोड १८ लाख ९७ हजार ५५५ को लागतमा २०८२ असार १५ गतेसम्म निमार्ण गर्ने गरि सम्झौता भएको बताईएको छ । शिलान्यास कार्यक्रममा डुँडुवा गाउँपालिका वार्ड नं. २ का अध्यक्ष दुर्गाप्रसाद बर्मालगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले बाढी प्रभावितहरुका लागि करिब आधा दर्जन आश्रय स्थल निमार्ण गरिसकेको छ ।

  • २८ बैशाख २०८२, आईतवार प्रकाशित

  • Nabintech