खजुरामा फलफुलका विरुवा वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज। खजुरा गाउँपालिकाका विभिन्न बिद्यालयमा फलफुलका बिरुवा वितरण गरिएको छ ।
खजुरा गाउँपालिका वातावरण शाखा मार्फत गाउँपालिका भित्रका बिद्यालयहरुमा फलफुलका बिरुवा वितरण गरिएको हो ।
खजुरा गाउँपालिकालाई फलफुलको हबको रुपमा बिकास गर्ने उद्धेश्यले पालिकाले बर्षेनी फलफुलका बिरुवा वितरण गर्ने गरी काम शुरु गरेको गाउँपालिकाले जनाएको छ ।
आप, लिचि, अम्वा, कागती र अनारका बिरुवा गरी ६ हजार बिरुवा वितरण गरेको खजुरा गाउँपालिका वातावरण शाखा प्रमुख नेत्रलाल महतराले बताए । खजुराका श्री जनता नमुना माबि, आदर्श माबि र योगीनि माबिमा बिरुवा वितरण भईसकेको र अन्य बिद्यालयहरुमा समेत वितरण गर्ने उनले बताए ।
यसैबिच आज जनता नमुना माबि खजुरामा जलवायु न्याय क्लबका वालिकाहरुलाई विरुवा बितरण गरिएको छ ।

आप ७३, लिचि १८, अम्वा ४०, कागती ५० र अनार १८ गरी १९९ फलफुलका बिरुवा वितरण गरिएको हो ।रुम टु रिडको सहयोगमा बास नेपालद्धारा सञ्चालीत वालिका शिक्षा कार्यक्रम अन्तरगत रहेको जलवायु न्याय क्लबमा आबद्ध ५२ जना वालिकाहरुलाई ५२ वटा फलफुलका बिरुवा बितरण गरिएको छ भने बाकि बिरुवाहरु बिद्यालयमा रोपिएको श्री जनता नमुना माबिका प्रधानाध्यापक महेन्द्र खत्रीले बताए । वालिकाहरुलाई बिरुवा वितरण बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष केर सिंह थापा, प्रधानाध्यापक महेन्द्र खत्री, बास नेपालका हेमराज भट्ट र जमुना चौधरीले गरेका थिए । विरुवा पाएपछि घरमा गएर रोप्ने र उचित संरक्षण गर्ने बालिकाहरुले बताए ।


विगतका बर्षहरुमा पनि बालिका शिक्षा कार्यक्रम सञ्चालीत कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका १२ ओटा बिद्यालयमा जलवायु न्याय क्लबका वालिकाहरुले बृक्षारोपण गर्दै आएका छन् । बिरुवाको महत्व बुझि जलवायु न्याय क्लबका वालिकाहरुले आफ्नो घर, छिमेक र बिद्यालयमा बृक्षारोपण गरि वातावरण संरक्षणमा लागेकोमा खुसी लागेको बिद्यालयले जनाएको छ ।

  • १९ असार २०८२, बिहीबार प्रकाशित

  • Nabintech