हिमालीका सात वर्षदेखि सम्पर्क विहिन, खोजीका लागि आग्रह

पवनराज उपाध्याय

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका मदन पाण्डे सात वर्षदेखि सम्पर्क विहिन भएका छन् ।

पारिवारिक स्रोतकाअनुसार धुलाचौरामा गाउँमा भाँडा ल्याएर बेच्नेहरुले धुलाचौरबाट भरिया बनाएर डडेल्धुरा हुँदै रोल्पा जिल्लासम्म गएको खबर भएपनि रोल्पा पुगेपछि सम्पर्क विहिन भएको जनाएको छ ।

हिमाली गाउँपालिका-६ बोल्डिक घर भएका पाण्डे २०७५ सालबाट पारिवारिक रुपमा सम्पर्क विहिन बनेका छन् ।

सम्पर्क विहिन बनेको सात वर्षसम्म पनि उनी घर नफर्किएपछि आफन्त रामचन्द्र पाण्डेले खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा उनकी आमा विउरा पाण्डेले निवेदन दिएका छन् ।

सोही गाउँपालिकाको धुलाचौरमा रहेको भवानी माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययन गर्दै आएका पाण्डे भाँडा विक्री गर्नेसंग गएपछि सम्पर्कमा नआएको उनका नाती पाण्डेले बताएका छन् ।

परिवारबाट सम्पर्क विहिन भएका पाण्डेका एक्ला छोरा हालसम्म भेटिएका छैनन् । २० वर्षको उमेरमा सम्पर्क विहिन भएका पाण्डे हालसम्म नभेटिएकाले आफन्तले प्रहरीमा निवेदन दिएर खोजीका लागि गुहार गरेका छन् ।

बुबाको मृत्यु भइसकेको र आमा घरमा एक्लो भएकाले खोजीका लागि हार गुहार गर्न थालिएको छ ।

नाती नाता पर्ने रामचन्द्र पाण्डेका अनुसार प्रहरीलाई हुलिया सहितको निवेदन खोजीका लागि दिएको बताए ।

सम्पर्क विहिन भएका पाण्डेलाई कसैले भेटाएमा आफन्त नाती नाता पर्ने रामचन्द्र पाण्डे ९८४८५२१४३७ र उनका भिनाजु ९८४९५२४४६६ मा सम्पर्क गरिदिन हुन आग्रह गरिएको छ ।

बुबा श्रीलाल पाण्डे र आमा विउरा पाण्डेका छोरा मदन पाण्डे सम्पर्क विहिन भएका हुन् ।

जिल्लाबाट हरेक वर्ष हराउनेको तथ्यांकमा भने वृद्धि हुँदै गएको छ । कतिपय आफन्तको सम्पर्कमा आएका भए पनि कतिपय सम्पर्क बाहिर रहेका छन् ।

  • ३० असार २०८२, सोमबार प्रकाशित

  • Nabintech