नेपालगञ्ज / भ्याईस नेपालगन्जको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उदयमान युवा श्री सर्वेश पाठकले आफ्नो जन्मदिनको अवसरमा भारतभर “महा–रक्तदान अभियान“ सुरु गरेर र गत वर्ष मात्र ८३,००० युनिट रक्तदान संकलन भएको थियो ।

यस पटक समेत भारतका धेरै जसो ठाउँमा रक्तदान र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका उनै उदयमान युवा श्री सर्वेश पाठकको सम्मानमा आज नेपालगञ्ज रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको हो ।
मानवसेवाको सबैभन्दा उत्कृष्ट कार्यको सम्मान स्वरुप नेपालगन्जमा भ्वाइस नेपालगन्ज र सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको सक्रियतामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा शारदा नगरपालिका सल्यानका प्रमुख प्रकाशकीय अधिकृत ओम प्रकाश देवकोटा, वडा प्रहरी कार्यालय नेपालगन्ज प्रमुख प्र.नि अनुप बम, भुसाल ग्रुपका अध्यक्ष जि.आर. भुसाल र निर्देशक बसन्ती रेग्मी भुसाल, नेपाल घरेलुु तथा साना उद्योग महासघ नेपाल नेपालगन्ज समितिका उपाध्यक्ष फनाधार भण्डारी, महासचिव भोजराज तिमिल्सिना, स्वास्थ्यकर्मी शिवा शाह लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रम भ्वाइस नेपालगन्जका अध्यक्ष रमेश सिटौला रक्त सन्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी सहित भ्वाइसका सचिब रामु चिडिमारको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा २० जनाले रक्तदान गरेको भ्वाईस नेपालगञ्जका अध्यक्ष रमेश सिटौलाले बताए ।











