मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नं. ३ को रोल मुगुमा अनुमानित पचास लाखको लगानीमा बनेको सबडिभिजन वन कार्यलयको भवन लामो समय देखि खाली रहेको छ । हाल उक्त कार्यालय वडा नं. ४ को माचौरमा घर भाडामा लिएर बसेको छ ।
यसरी आफ्नै सरकारी कार्यालय हुँदाहुँदै पनि भाडातिर कार्यालय निजी भवनमा बसिरहको छ । यसरी राज्यको सम्पतीको सदूपयोग हुन नसकेको स्थानीयहरुको भनाई छ । पटक पटक गरी जिल्ला, प्रदेश, संघमा सम्बन्धित नियकासँग सो विषयको जानकारी गराउँदा पनि सो भवनमा कार्यालय नसरी निजि भवनमा बसेको स्थानीय समाजसेवी राजेन्द्र शाहीले बताए । स्थानीयहरुले डिभिजन वन कार्यालय मुगुलाई समेत बारम्बार उक्त भवन संचालनको लागि गुहार गरेको स्थानीयहरुको भनाई छ ।









