कोपिला भ्याली सेवा समाजको सामाजिक परिक्षण सम्पन्न

असल शासन प्रतिनिधि

सुर्खेत / कोपिला भ्याली सेवा समाज सुर्खेतको सामाजिक परिक्षण सम्पन्न भएको छ ।

लुम्बिनी,सुदुर र कर्णाली प्रदेशमा सेवा दिदै आएको समाजले सरोकारवालाहरुको उपस्थितिमा सामाजिक परिक्षण सम्पन्न गरेको हो ।

कोपिला भ्याली समाजका अध्यक्ष गोगन बहादुर मल्लको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बिरेन्द्रनगर नगरपालिकाका उप प्रमुख निलकण्ठ खनालले कोपिला भ्याली सेवा समाज द्धारा गरिएका कार्यहरुको प्रशंसा गरेका थिए । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष दिनेश खत्री कोपला भ्याली समाजलाई जेष्ठ नागरिकका लागिपनि काम गर्न अनुरोध गरे ।

सामाजिक परिक्षक गैरु सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले सामाजिक परिक्षणको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

संस्थाका प्रबन्ध निर्देशक टोप बहादुर मल्लले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा संस्थााको प्रगति प्रतिबेदन सार्बजनिक गरिएको थियो भने प्रशासन प्रमुख मिन बहादुर शाहीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले जिज्ञासा सुझवहरु राखेका थिए ।

 

  • ३२ असार २०८२, बुधबार प्रकाशित

  • Nabintech