सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत झरनाको पूर्वाधार निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरिएको थियो । राजमार्गदेखि नजिकै शान्त वातावरणमा रहेकाले पनि क्षेत्रको दिगो व्यवस्थापन गरी पर्यापर्यटन विकास गर्ने उद्देश्यले झरना निर्माण गरिएको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख डबलबहादुर बोहोराले बताए । सामुदायिक वनका सचिव शाहीका अनुसार हाल झरना क्षेत्रमा शनिबार र सार्वजनिक बिदामा ५०० भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अन्य दिनमा दैनिक १०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । कैलाली, बर्दिया, सुर्खेतलगायत छिमेकी भारतसम्मका पर्यटकहरू पनि यहाँ पुग्ने गरेको शाहीले बताए।
झरना निर्माणपछि पर्यटकहरुको सङ्ख्या बढे पनि समस्या पनि बढेको उनको भनाइ छ । “आमपानी क्षेत्रमा पहिलेदेखि नै सरसफाइको समस्या थियो । झरना निर्माणपछि पर्यटक बढिरहेका छन् । कतिपय पर्यटकले सिसाको बोतल, प्लास्टिकका बोतललगायत फोहर जताततै फालिदिने गरेकाले थप समस्या भएको छ । फोहर फाल्नका लागि बनाइएका डस्टबिन पनि राखेका थियौँ, तिनको प्रयोगमा पनि बेवास्ता भइरहेको छ”, सचिव शाहीले गुनासो गरे । झरना सञ्चालनबाट उठेको आम्दानी सामुदायिक वनको कोषमा जाने हुँदा त्यसले वन संरक्षण, नयाँ पूर्वाधार निर्माण र स्थानीय रोजगारी सिर्जनामा योगदान पु¥याउने अपेक्षा गरिएको छ । छोटो घुमघाम गन्तव्य खोज्नेहरूका लागि आमपानी झरना नयाँ आशा बनेको स्थानीयको भनाइ छ ।घाेडाघाेडी (कैलाली), १ साउन ।
अब सामुदायिक वनले सो क्षेत्रलाई व्यवस्थित गर्ने र फोहर व्यवस्थापनका लागि टिकट प्रणाली लागू गरिने जनाइएको छ । “चाँडै नै गाउँपालिकालगायत सरोकार भएकाहरूसँग छलफल गरी न्यूनतम शुल्कमा टिकटको व्यवस्था गर्नेछौँ । यसले आम्दानीका साथै पर्यटकको सुरक्षा र जवाफदेहिताका लागि पनि सहयोग पुग्नेछ”, सचिव शाहीले भने ।









