गह्रुङ्गो बनाएर छाती भासुको भिडमाथि
अहो ! यो सपनाको ताँती भासुको भिडमाथि
सिंहासनबाट उठ्न सक्दैन निरिह शासक
हामी दौडिन्छौँ रातीराती भासुको भिडमाथि
तै पनि तिम्रो शहरजस्तो डरलाग्दो छैन
छन त मेरो गाउँ छ साथि भासुको भिडमाथि
भासुमै खसेर बितेका हुन् हजुरबुवा पनि
कठै ! दैनौँ आज नाती भासुको भिडमाथि
तड्पिएर तिम्रो दिलमा बस्नु भन्दा यसरी
बरु घर बनाएको जाति भासुको भिडमाथि ।









