नेपालगन्ज । सुदुरपश्चिम प्रदेश टिकापुरका अरुण लोहार नासा स्पेस एप्स च्यालेन्ज २०२५ का लागि Navigator को रुपमा चयन भएका छन् ।
नासाले हरेक बर्ष आयोजना गर्ने नासा स्पेस एप्स च्यालेन्ज २०२५ का लागि लोहार चयन भएका हुन् ।
विश्वको खोज तथा अनुसन्धान गर्ने सबै भन्दा ठुलो निकाय नासामा Navigator को रुपमा चयन भएसँगै उनले विश्वभरका प्रोजेक्टहरुको मुल्यांकन गर्ने अवसर पाउने छन् भने एप्स च्यालेन्जमा संसारभरका बिद्यार्थी, नवप्रवर्तक, बैज्ञानिक, डिजाइजर, शिक्षक, उद्यमीहरु लगायतसँग समय बिताउनेछन् ।

लोहार टीकापुर लगायत देशका विभिन्न स्थानहरुमा निशुल्क खगोल बिज्ञान सम्बन्धी क्रियाकलाप गर्दै करिब ७० हजार भन्दा बढी बिद्यार्थी तथा बिज्ञानमा रुची राख्नेहरुलाई साक्षर बनाउदै खगोल बिज्ञानमा योगदान गर्दै आएका छन् । लोहारले हासिल गरेको सफलता आगामी दिनमा देशको अध्ययन तथा अनुसन्धानका लागि महत्वपूर्ण हुने बताईएको छ ।











