आशाको मिठो बोली पछि अभागी करिम चर्चामा

ललिता मलाती

नेपाली सांगितिक क्षेत्रले पछिल्ला केही वर्षमा धेरै प्रतिभाशाली कलाकारहरू पाएको छ। तीमध्ये एक हुन् – आशा विश्वकर्मा, जो एउटा सामान्य परिवारमा हुर्किएर आज देश-विदेशका नेपाली दर्शकको मुटुमा बस्न सफल भएकी छिन्।

आशा सातजना सदस्य भएको परिवारकी माइली छोरी हुन्। चार छोरी र एक भाइ सहितको उनको परिवारको बाल्यकाल अभावमा बित्यो। मिठो खाना खान, राम्रो लुगा लगाउन दशैंजस्तै चाडको पर्खाइ गर्नु पर्थ्यो। बुवा भारतमा कमाउन जानुहुन्थ्यो भने आमा घरमा बच्चाहरूको हेरचाहमा व्यस्त रहनुहुन्थ्यो। घरमा न राम्रो ढोका थियो, न त राम्रो छानो। पानी पर्दा छानोबाट चुहिएर सुत्नुपर्ने ठाउँ फेर्नुपर्ने अवस्था थियो। तर त्यही अभावबीच आशाको मनमा एउटा उज्यालो सपना पलाएको थियो — कलाकारिता।

सानैदेखि उनलाई गीत, संगीत र अभिनयमा विशेष रुचि थियो। फिल्म हेर्न अत्यन्तै मन लाग्थ्यो तर घरमा टिभी नहुँदा गाउँका धनीकको घरमा दिनभर काम गरेपछि मात्रै साँझ केही समय हेर्न पाउँथिन्। यही रुचिले उनलाई आजको सफलताको शिखरमा पुर्याएको छ। केही समयअघि चर्चित नायक पुष्प खड्का सँग “मिठो बोली” बोलको म्युजिक भिडियोमार्फत दर्शकको मन जितेकी आशाले, अहिले हरितालिका तीजको अवसरमा ल्याएकी “अभागी करिम” बोलको गीतमार्फत पुनः चर्चामा आएकी छिन्।

यो गीतमा नेपाली महिलाहरूको पीडा, वेदना र भावनालाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको छ। गीत TikTok लगायतका सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

आशा विश्वकर्माको संघर्ष, आत्मबल र निरन्तर प्रयास आजका युवायुवतीका लागि उदाहरणीय बनेको छ। उहाँले भन्नुहुन्छ – “छोरी मान्छेले पनि सबै गर्न सक्छ, यो समाजलाई देखाउने मेरो सपना हो।” यस्ता प्रेरणादायी प्रतिभा र संघर्षशील कलाकारहरू नेपाली समाजका गहना हुन्। आशा विश्वकर्मालाई आगामी दिनहरूमा अझ सफलता मिलोस् भन्ने हाम्रो शुभकामना। 🌸

  • ३ श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech