बुढीनन्दा भगवतीको महिमा

पवनराज उपाध्याय

हिउँको सिउँडीमा चम्कन्छ जून,
हिमालको काखमा शान्तिको धुन।
त्यहीँ बसेकी छन् बुढीनन्दा माई,
सद्भाव, शक्तिको अमर साक्षी।

नांगो खुट्टा बाटोमा दुख सहेर,
आस्था बोकेर हजारौं गइरहे।
मनको पीडा, मनको पुकार,
माई सुनिरहन्छिन् – मौन व्यवहार।

दाने –पलानेको कथा अनौठो,
शिकारी हिँड्थे मृगको खोजमा जस्तो।
त्यही वनमा, जङ्गलको ओझेल,
माई प्रकट भइन् — झल्के उज्यालो।

“शिकार होइन, सेवा गर अब,
भक्ति गर हृदयले, रुख रोप्न थाल।”
त्यो क्षणदेखि यात्रा सुरु भयो,
बुढीनन्दा तीर्थको नाम फैलियो।

सात तालहरूको काखमा फुल्छ,
आस्था, शुद्धता र भक्ति मिल्छ।
कुहिरोमा हराउने हिमाली छाया,
मानिसको अन्तरमा उम्लन्छ माया।

श्रावण लागेपछि चहलपहल बढ्छ,
जनैपूर्णिमा आउँदा जनसागर उठ्छ।
बुढीनन्दामा लाग्छ भीड, भीरै–भीर,
हर मनमा हुन्छ माईप्रतिको पीर।

कसैले माग्छ सन्तानको वरदान,
कसैले माग्छ रोगबाट उपचार।
माईको आँखा हेर्छन् सबैलाई,
चुपचाप दिन्छिन् – प्रेम र आशिर्वाद।

घामले चुम्छ झण्डाको रंग,
पवनले बगाउँछ भक्ति संग।
फूल फुल्छन् तालछेउ शान्तिपूर्ण,
बुढीनन्दा बनाउँछिन् आत्मा उज्यालोपूर्ण।

शासनले बनायो बाटो पक्की,
अब पुगिन्छ सजिलो यात्रा भरी।
तर भक्तिको तेस्रो आँखाले मात्र,
देखिन्छ देवी — मनको गहिराइभित्र।

  • ३ श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech