डाना कप खेल्न फुटबल टोली डेनमार्क प्रस्थान

असल शासन प्रतिनिधि

काठमाण्डौं । युरोपियन फुटबल महासंघको मान्यताप्राप्त डाना कपमा सहभागिता जनाउन नेपालबाट फुटवल टोली डेनमार्क प्रस्थान गरेको छ ।
युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने लुम्बिनी फुटबल एकेडेमी र काष्ठमण्डप विद्यालयको टोली शनिबार डेनमार्क प्रस्थान गरेकोहो ।


लुम्बिनीले यू–१६ उमेर समूह र काष्ठमण्डपले यू–१४ उमेर समुहमा प्रतिस्पर्धा गर्ने लुम्बिनी फुटवल एकेडेमीका संस्थापक समिर वलीले जानकारी दिएका छन् । दुइ वटै समुहबाट २० खेलाडी र तीन अफिसियल गरी टोली २३ सदस्यीय छ । लुम्बिनी फुटवल एकेडेमीको प्रशिक्षणको जिम्मेवारी विजय महर्जन र काष्ठमण्डपको प्रशिक्षकमा सन्तोष न्यौपानेले जिम्मेवारी सम्हालेको वलीले बताए ।


सन् १९८२ देखि सुरु भएको युवा फुटबल प्रतियोगितामा यसपालि नेपाल सहित ७० भन्दा बढी देशका १ हजार बढी युवा खेलाडीले भाग लिने जनाइएको छ ।

  • ४ श्रावण २०८२, आईतवार प्रकाशित

  • Nabintech