मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दायर

असल शासन प्रतिनिधि

बलात्कार आरोपमा पक्राउ मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दायर
बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको छ । साउन ४ मा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

बलात्कारको कसुरमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद भएपनि अहिराज विरुद्ध भने ९ दिनमै मुद्दा दर्ता भएको छ । अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो । परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको छ । साउन ४ मा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

बलात्कारको कसुरमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद भएपनि अहिराज विरुद्ध भने ९ दिनमै मुद्दा दर्ता भएको छ । अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो ।

  • १३ श्रावण २०८२, मंगलवार प्रकाशित

  • Nabintech