
कान्तिताल हाम्रो सम्पदा हो । पर्यटकीय हिसाबले पनि यो निकै महत्वपूर्ण स्थल हो । यहाँ बालबालिका, युवा,वृद्दवृदा सबै खालका मानिसहरु बिहान ,साझ हिड्न आँउछन । जस्ले गर्दा यँहाको बासिन्दाको स्वास्थ्यसंग सिधै जोडिएको छ भन्ने मलाई लाग्छ । मानिसको स्वास्थ्यसँग मात्र नभइ यो चराचुरुङ्गीको प्रिय स्थान हो ।उनीहरुको रोजाईको ठाउँ हो तर अहिले पछिल्लो समयमा बिकृति पैलिएको छ ,यहाँ लागु पर्दाथ प्रयोग गर्ने प्रयोजनले साथै केटा र केटि भेट्ने ठाँउको रुपमा प्रयोग हुँदै गर्दा यहाको स्थानिय सरकार (वडा कार्यालय),नेपालगन्ज उपमहानगर पालिका र प्रदेशले पनि यँहाको संरक्षणका लागि कहि कतै भए पनि सोच्नु पर्ने थियो कि भन्ने लाग्छ ।
– शिव कुमार बर्मा, केन्द्रीय अध्यक्ष, बास नेपाल
कान्ति ताल नेपालगन्जको मुटुमा अवस्थित ऐतिहासिक पर्यावरण्ीय र सामाजिक दृष्टिले अत्यन्त महत्वपुर्ण प्राकृतिक सम्पदा हो । नेपालगंज आफैमा गर्मी ठाँउ दिनप्रति दिन साना साना तालहरु बिकासको बाहानामा पुरिएका छन् र बिस्तारै हाम्रा पानीका स्रोतहरु सुक्दै गएका छन् । आजभोली नल्कामा पानी कम आउने समस्या बनेको छ । यि समस्या हुनुको कारण हाम्रा तालहरु मास्नु नै हो । कान्तिताल संरक्षण गर्न सकेको भए ताल वरीपरीका खेतहरु सिँचाई गर्न सजिलो हुने थियो । यो तालले आजको दिनमा शहरीकरण ,अतिक्रमण,प्रदुषण र जनचासोको कमिका कारण यो ताल संकटमा परेको छ त्यसैले पनि कान्तिताल संरक्षण अति आवश्यक छ ।
हेमन्त राज काफ्ले, हरित अभियान्ता
कान्ति ताल जैविक विविधताको धनी क्षेत्र हो जँहा थुप्रै दुर्लभ ,प्रवासी तथा स्थानीय चराहरुको बासस्थान हो । लेसर विस्लिङ हाँस, कपास पिग्मी हाँस, ढुकुर, युरेशियन कलर ढुकुर, चित्ती ढुकुर, पाइड कुकु, खैरो टाउके स्वाम्फेन, रातो छाती भएको क्रेक, सारस , रातो टुप्पी भएको लापविङ, फिसेन्ट टेल्ड ज्याकाना, ब्राँन्ज विंग्ड ज्याकाना, सानो,कालो बिर्टन लगायतका पंक्षीहरु कान्ती तालको सान हुन । सिमसारको जीवनचक्र सक्रिय राख्न महत्वपूर्ण भुमिका खेल्ने भएकोले तालको महत्व झनै बढाएको छ । जसको संरक्षणका लागि ध्यान दिनु अत्यावश्यक भएको छ ।
– हिरु डगौरा, चरा बिशेषज्ञ











