एचसिआरसीमा एकैपटक तीन शिशुको सुरक्षित जन्म

असल शासन प्रतिनिधि

नेपालगन्ज । अस्पतालका वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. कुमार शान शाहको नेतृत्वमा गरिएको शल्यक्रियाबाट एकैपटक तीनवटा बच्चा (ट्रिप्लेट्स) लाई सुरक्षित रुपमा जन्माउन सफल भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।


अस्पतालका अनुसार शल्यक्रिया अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण भएपनि अस्पतालको आधुनिक उपकरण, दक्ष स्वास्थ्यकर्मी र २४ घण्टा तयारी अवस्थामा रहने आपतकालीन टोलीको कारणले सुरक्षित डेलिभरी सम्भव भएको जनाएको छ । सुरक्षित जन्मीएका ट्रिप्लेट्स बच्चा वसन्त रावत, पार्वती मगरको रहेको बताईएको छ । एचसिआरसी अस्पतालले अत्याधुनिक सेवा सुविधा सहित सेवा सञ्चालन गर्दै आएको छ ।

  • ६ भाद्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech