शिक्षकहरु फेरी सडकमा

असल शासन प्रतिनिधि

नेपाल शिक्षक महासंघ र सरकारबिच बार्तापछि माग सम्बोधन हुने आशामा आन्दोलन स्थिगित गरेका शिक्षकहरु फेरी आन्दोलित हुने भएका छन् र
नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै हासङ्घले अबको आन्दोलन विगतको भन्दा सशक्त र कडा हुने जनाएको छ ।

महासंघले अनुसार यही भाद्र ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने, भाद्र ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र धर्ना दिने कार्यक्रम तय गरेको छ । भाद्र १३ गते सबै पालिकामा र १५ गते सबै जिल्लाका समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाउने धर्ना दिइने महासंघले जनाएको छ ।

भाद्र २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने तयारी भएको छ पत्रकार सम्मेलनमा बताइएको छ। शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछि महासंघ असन्तुष्टि जनाउँदै आन्दोलन गर्ने बताएको हो ।

 

  • ६ भाद्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech