काठमाण्डौं । युवा गैर सरकारी संस्था महासंघको महासभा भक्तपुरमा शुरुभएको छ ।
प्रतिनिधि सभा सदस्य तथा पुर्ब मन्त्री महेन्द्र वहादुर शाहीले शनिबार एक कार्यक्रमका बिच महासंघको १४औं महासभाको उद्घाटन गरेको थिए ।
कार्यक्रमको उद्घाटनमा बोल्दै पूर्व मन्त्री शाहीले युवा शक्ति राज्यको उर्जा भए पनि त्यसको उपयोग राज्यले गर्न नसक्दा युवामा सकारात्मक भन्दा पनि नकरात्क प्रवृत्ति बढ्दै गएको बताए । प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका शाहीले नेपालमा युवाको क्षेत्रमा गैर सरकारी संस्थाहरुले लगानी गरिरहेको भएपनि त्यसको उपलब्धी र प्रभावकारिता सम्वन्धमा उठेका प्रश्नका जपाफ महासंघले दिनसक्नु पर्नेमा जोड दिए । सबै संस्थाहरु एकै हुदैनन्, राम्रा काम गर्नेहरु खराबहरुले गर्दा बद्नाम भएका छन् उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपालमा नागरिक संस्थाहरुको आवाज खुम्चिदै गएकोमा चिन्ता प्रकट गरे । वस्नेतले युवाहरुका नयां आवश्कता र चाहना समेटेर राष्ट्रिय युवा नीति २०८२ जारी भएको जिकिर गरे ।
युवा गैर सरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीले युवा शक्तिलाई समाज रुपान्तरण र राजनैतिक रुपान्तरणमा परिचालन गर्न आवश्यक रहेकोले महासंघले विशेष अभियान नै लियर लाग्ने बताए। २०६६ साल वाट महासंघले युवा मैत्री देश बनाउन पैरवी गर्दै आएकोमा अव स्थानीय युवा नीति वनाएर कार्यन्वयन गर्न सबै लाग्नु पर्ने आवश्यकतामा जोड दिए । युवा परिषद् सदस्य विनोद शाहीले कर्नालीले राजनैतिक र समाजिक रुपमा अब देशको नेतृत्व गर्नु पर्ने वेला आएको बताउदै महासंघबाट यसको शुरुवाद भएकोमा खुशी प्रकट गरे ।
महासंघको १४ औ महासभामा ७७ जिल्लाका १०५ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ। दुई दिनसम्म युवाका विविध एजेण्डामा छलफल गरी युवा घोषणा पत्र जारी गर्दै महासभा सम्पन्न हुनेछ । सो महासभाले रिक्त केन्द्रीय पदाधिकारी र सदस्य समेत चयन गरी संगठन सुदृढीकरण अभियान चलाउने महासचिव रविन्द्र लामिछानेले बताउनुभयो ।









