सुटकेसभित्र भेटियो शव

असल शासन प्रतिनिधि

रौतहटको गौर नगरपालिकामा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा शनिबार राती सुटकेश भित्र महिलाको शव भेटिएको प्रहरीले बताएको छ ।

सडक किनारमा डोरीले बाँधिएको अवस्थामा सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की नेतृत्वको टोलीले आइतबार बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी २६ वर्षीया महिलाको शव भेटिएको हो प्रहरीले जनाएको छ। महिलाको पहिचान भने खुलेको छैन ।

प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ बताइएको छ। घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ । यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ । ने

  • ८ भाद्र २०८२, आईतवार प्रकाशित

  • Nabintech