रेडियो कृष्णसारको स्टेशन म्यानेजरमा गिरी नियुक्त

असल शासन प्रतिनिधि

नेपालगन्ज । समुदायका लागि सञ्चार अभियान नेपालद्वारा सञ्चालित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्ज को स्टेशन म्यानेजरमा सावित्री गिरी नियुक्त भएकी छिन् ।
बि.स. २०६५ सालदेखि रेडीयो मार्फत पत्रकारीता यात्रा शुरु गरेकी गिरीले २०६७ सालदेखि रेडियो कृष्णसार एफएममा कार्य शुरु गरेकी थिइन् । मिडियामा झण्डै १७ बर्ष लामो कार्य अनुभव संगालेकी गिरीले आमसंचार तथा पत्रकारिता बिषयमा र ग्रामिण शास्त्रमा स्नाकोक्तर गरेकी छिन्। यसअघि नेपाल टेलिभिजन, असल शासन मिडिया र नेपाल वातावरण पत्रकार समुहमा समेत काम गरिसकेकी छिन् । हाल गिरी गोरखापत्र दैनिकमा समेत संवाददाताको रुपमा कार्यरत छिन् ।

  • ८ भाद्र २०८२, आईतवार प्रकाशित

  • Nabintech