कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

असल शासन प्रतिनिधि

मोरङ जिल्ला कारागारको शौचालयमा एक महिला कैदी मृत अवस्थामा भेटिएकी छन् ।

बुधबार बिहान कारागारको महिला सेलमाको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–वडा नं. ६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव फेला परेको हो प्रहरीले जनाएको छ। भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् । उनी र एक सन्तानको उद्धार भएको थियो । एक सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्यज्यान मुद्दा चलेको थियो ।

उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो । उनको मृत्युको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

  • ११ भाद्र २०८२, बुधबार प्रकाशित

  • Nabintech