एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

असल शासन प्रतिनिधि

११ भदौ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार काठमाडौं जिल्ला अदालतले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ । महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो । पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले बतायो ।

अनलाइन खदबरबाट

  • ११ भाद्र २०८२, बुधबार प्रकाशित

  • Nabintech