नेपालगञ्ज/ बिग्रुप को पहलमा खजुर गाउँपालिका, डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा असहाय तथा दलित समुदायलाई लक्षित गरी प्रयोगशाला तथा स्वास्थ्य उपकरण/सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममार्फत स्थानीय तहको स्वास्थ्य पूर्वाधार सुदृढ गर्ने र वञ्चित समुदायलाई गुणस्तरीय तथा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखिएको थियो। हस्तान्तरण सामग्रीमा प्रयोगशाला उपकरण, प्राथमिक उपचार सामग्री र नियमित स्वास्थ्य परीक्षणका सामग्रीहरू समावेश गरिएको बिग्रुपले जनाएको छ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासनिक अधिकृत राम हरि शर्मा, स्वास्थ्य शाखा प्रमुख प्रकाश श्रेष्ठ, वडा नं. २० का वडाध्यक्ष कौशल कुमार धोबी लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।
बिग्रुप ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा साझेदार संस्थाप्रति आभार व्यक्त गरेको छ।









