युवाको उमेर १८-३५ कायम

असल शासन प्रतिनिधि

अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहलाई ‘युवा’ भनिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा युवाको उमेर १८ देखि ३५ वर्ष कायम गरिएकाले अब सोही समूहलाई ‘युवा’ भनिने छ ।

यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति–२०७२ मा युवाको उमेर समूह १६–४० वर्ष कायम रहेको थियो । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिने परिमार्जित राष्ट्रिय युवा नीतिमा उल्लेख छ ।

  • १२ भाद्र २०८२, बिहीबार प्रकाशित

  • Nabintech