नदीमा नुहाउन गएका ४ जना बालकको शव फेला

असल शासन प्रतिनिधि

कैलाली / कैलालीमा नदीमा नुहाउने गएका ४ जना बालकको शव फेला परेको छ । बिहीबार दिउँसो गोदावरी नगरपालिका वडा नं. ९ स्थिति खुटिया नदीमा नुहाउन गएका अन्दाजी १५–१६ वर्षका चार बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक बालकहरूको परिचय खुलेको छैन। उनीहरू धनगढीबाट खुटिया नदीमा नुहाउन गएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • १२ भाद्र २०८२, बिहीबार प्रकाशित

  • Nabintech