निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

असल शासन प्रतिनिधि

नेपालगन्ज /अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित आठ जनाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । घर्तीसहित इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापा तथा न्यू बिके/नहाकुली जेभी तथा उक्त जेभीका साझेदारहरू न्यू बिके विल्डर्स एण्ड सप्लायर्सका प्रोप्राइटर गंगा कुमारी खड्का र नहाकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहराविरूद्ध मुद्धा दायर गरेको अख्तियारले जनाएकाे छ।

उनीहरूले भेरी नगरपालिकाको वडा नम्बर ६, ९ र १० काे वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा ३६ लाख २० हजार ५ सय ७८ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

 

  • १२ भाद्र २०८२, बिहीबार प्रकाशित

  • Nabintech