अछामको पञ्चदेवल विनायक नगरपालिकामा महिनावारीको बेलामा त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको मृत्यु भएको छ ।
नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अछाममा छाउगोठ भत्काइए पनि महिनावारी भएकाहरुलाई त्रिपाल टाँगेर खेतबारीमा र ओढारमा राख्ने गरेको पाइएको छ ।









