दिवंगत प्रदेश सभा सदस्य पुनको पार्थिव शरीरमा मुख्यमन्त्री आचार्यद्वारा राष्ट्रिय झण्डा ओढाएर सम्मान

असल शासन प्रतिनिधि

काठमाडौं / दिवंगत लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन्। आइतबार पशुपति स्थित आर्यघाटमा दाहसंस्कारका क्रममा मुख्यमन्त्री आचार्यले राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । पार्टीका अगुवा नेता, कार्यकर्ता, परिवारका सदस्य, आफन्त तथा इष्मित्रहरुको उपस्थितिमा आर्यघाटमा शोक सभा समेत गरिएको थियो ।

रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका १० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाजलाई नै स्तब्ध तुल्याएको भन्दै मुख्यमन्त्री आचार्यले दुःख व्यक्त गरे ।

पुनको केही दिनअघि एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन भने दोस्रो अपरेशनमार्फत मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उपचार सफल हुन नसकेपछि पुनको निधन भएको हो ।

  • १५ भाद्र २०८२, आईतवार प्रकाशित

  • Nabintech