जनप्रशासन क्याम्पसमा स्ववियु सभापतिको दवदवा

मनोमानि र किर्तेको आरोप

असल शासन प्रतिनिधि

काठमाण्डौं । काठमाण्डौंको बल्खु स्थित जनप्रकाशन क्याम्पसको स्तन्त्र बिद्यार्थी युनियन सभापतिले मनोमानी र फर्जि कार्य गरेको भन्दै विवाद सिर्जना भएको छ ।
क्याम्पस प्रशासनसँग नजिक भई स्ववियु सभापति अनिकेत तिवारीले स्ववियु पदाधिकारीहरुसँग छलफल नै नगरी मनोमानी ढंगले अपारदर्शी काम गर्न थालेपनि विवाद सतहसम्म पुगेको हो ।
क्याम्पसको खाताबाट पेश्की रकम लिएर कार्यक्रम गर्ने गरेको र फच्र्यौट गर्दा पारदर्शि नगर्ने गरेको, स्ववियुको निर्णयहरु लुकाउने गरेको, कार्यक्रमको फर्जि बिलहरु पेश गर्ने गरेको लगायतका आरोप स्ववियु कै जिम्मेवार पदाधिकारीहरुले बाहिर ल्याएपछि विवाद चुलीदै गएको हो ।
क्याम्पस प्रमुख लगायत अन्य कर्मचारीलाई दवावमा पारि सामग्रीहरु खरिद गर्दा वास्तविक भन्दा बढी मुल्यको बिल तयार गरी भुक्तानी माग गर्ने गरेको श्रोतको दाबी छ । जानकारी अनुसार स्ववियु कोषमा रकम नभएका कारण अध्यक्ष कै अगुवाईमा क्याम्पसको खाता बाट पेश्कीको रुपमा रकम निकासा गरेर कार्यक्रम गर्ने गर्दै आएको पाईएको छ । स्ववियुको आफ्नै खाता सञ्चालनमा ल्याएर काम गर्दा राम्रो हुने सुझाव स्ववियु पदाधिकारीहरुले दिएको भएपनि क्याम्पसको खाता बाट नै पेश्की लिएर काम गरौ भन्दै अध्यक्ष तिवारीले स्ववियुको खाता सञ्चालनमा चासो नदेखाएको आरोप पदाधिकारीहरुको छ ।
स्ववियु मार्फत गरेको कार्यक्रमको खर्च पारदर्शि नहुने, निर्णयहरु कोरम नपुग्दै गर्ने गरेको र मान्यूटमा समेत केही हस्ताक्षरहरु दुरुपयोग गर्ने गरेको स्ववियुका एक पदाधिकारीले असल शासनलाई बताए । उनले भने बिद्यार्थीकालागि केही गरौं भनेर जिम्मेवारी लिएको अध्यक्षको मनोमानी र अपारदर्शि कामले दिक्क लाग्न थालेको छ । स्ववियु गठन भएको हाल सम्मको समयमा भएका कार्यक्रमहरुको आम्दानी तथा खर्चको बारेमा कोषाध्यक्षलाई समेत जानकारी नभएको श्रोतले बतायो । रकम लिने, खर्च गर्ने तर कोषाध्यक्षलाई नै जानकारी नहुने यो कस्तो पारदर्शिता हो स्ववियु समिति सदस्यले प्रश्न गरेका छन् । अध्यक्षले गरेका कामहरु पारदर्शि नभएको भन्दै समिति सदस्यहरुले हाल सम्म स्ववियु मार्फत भएको आम्दानी खर्च पारदर्शि रुपमा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
स्ववियुले गरिरहेका कार्यहरुका बिषयमा केही बिद्यार्थी संगठनहरुले सार्वजनिक रुपमा बिरोध समेत जनाएको नाम नछाप्ने सर्तमा एक बिद्यार्थीले असल शासनलाई बताए । यस बिषयमा जनप्रकाशन क्याम्पस प्रमुख सुभास शर्मालाई सम्पर्क गर्दा उहाँ किरीया बिदामा रहेकाले क्याम्पस हाजिर भए पश्चात सबै कुरा बुझेर जानकारी गराउने बताए । उक्त क्याम्पसको स्ववियु निर्वाचन समेत निकै विवादका बिचमा टुंगिएको बुझिएको छ ।

  • १८ भाद्र २०८२, बुधबार प्रकाशित

  • Nabintech