नेपालगञ्ज/ नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पस देशकै पुरानो क्याम्पस मध्येको एक हो । देशमै राम्रो छवी बनाएको र लामो इतिहाँस बोकेको महेन्द्र बहुमुखी क्याम्पस पछिल्लो समय बदनाम बन्दै आएको छ ।
बिभिन्न कालखण्डमा देशका मन्त्री, सांसद, नेता, सचिव र बिभिन्न उच्चस्त पदका ब्यक्तित्व उतपादन गरेको यो क्याम्पसले आफ्नो विगत विस्रेको छ । विगतमा मध्य र शुदरपश्चिम क्षेत्रमै उच्च स्थानमा रहेको यो क्याम्पस केहि वर्षयता बिभिन्न कारणले बदनाम बन्दै गएको छ । पछिल्लो समय क्याम्पसको भौतिक संरचना जिणादार बन्दै जानुको साथै क्याम्पस जैगलमा परिणत बनेको छ भने अर्कोतिर क्याम्पसको प्रशासनिक अवस्था बिग्रिदै गएको बिध्यार्थीहरुको आरोप छ ।
कहिले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्डयाउने, कहिले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने, कहिले क्याम्पस प्रमुखलाइ कार्यक्षमा थन्ने, कहिले क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाइ थुन्ने देखि बिभिन्न बिध्यार्थी संगठन र स्वबियुले समयसमयमा सुझाब पत्र तथा ध्यानाकर्षण पत्र बुझाउने कार्य निरनतर हुँदै आएको छ । २०८१ फागुन २४ गते स्वतन्त्र बिध्यार्थी युनियनले क्याम्पस प्रमुख लालमणी आचार्यको कुर्सी रुखमा झुण्ड्याएको थियो । स्वबियुले क्याम्पस सुधारका लागि फागुन १७ गते प्रशासन सुधारको बिभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको थियो । सो माग पुरा नभएपछि क्याम्पस प्रमुख आचार्यको कुर्सी रुखमा झुण्ड्याएको थियो ।
त्यति गर्दा पनि क्याम्पस प्रशासनमा सुधार नआपछि गत साउन १५ गते नेपाल बिध्यार्थी संगठनले क्याम्पसको शैक्षिक, भौतिक, र व्यवस्थापकीय पक्षमा सुधार गर्नुपर्ने माग क्याम्पस प्रशासनको ध्यानाकर्षण गरेको थियो । क्याम्पसमा बेथिती बढेको भन्दै नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस समितिले क्याम्पस प्रमुख लालमणि आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । तिमात्रै होइन स्ववियुको तर्फबाट साउन ६ गते क्याम्पस सुधारको लागी ५१ बुँदे मागपत्र पेश गरिएको थियो ।
स्वबियु र बिध्यार्थी संगठनहरुले उठाएका मागहरुलाइ क्याम्पस प्रशासनले टेरपच्छर नलगाएपछि अन्तत बुधबार (भाद्र ११ गते) स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनमा तालबान्दी गरेर क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरुलाई कार्यकक्षमै थुन्ने सम्मको कार्य गरेको छ ।
क्याम्पसमा विद्यार्थीहरुले राख्दै आएका मागहरुको सम्बोधन नगरी आलटाल गरेको भन्दै क्याम्पस प्रमुख लालमणी आचार्यसहित सहायक क्याम्पस प्रमुखहरु सुवास गौतम, भुवनेश्बर लामिछाने र बिसिए कार्यक्रम निर्देशक कोषराज रेग्मीलाई कार्यकक्षमै थुन्न बाध्य भएको स्वबियु सभापती केशरजंग शाहले असल शासनलाइ बताए । स्ववियुको तर्फबाट साउन ६ गते बुझाएको ५१ बुँदे मागको सम्बोधन नभएकाले प्रशासनमा तालाबन्दी गर्नु परेको सभापति शाहको भनाइ छ । बुधबार ४ घण्टा सम्म क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाइ कार्यकक्षमै थुनेर राखिएको थियो ।
बिध्यार्थीले क्याम्पसमा पुस्तकालय व्यवस्थापन गरी ई–लाइब्रेरीको व्यवस्था गरिनुपर्ने, खेलमैदानको उचित व्यवस्था गरिनुपर्ने, छात्रावास व्यवस्थित गरी सन्चालनमा ल्याउनुपर्ने, कक्षाकोठामा डिजिटल बोर्डको व्यवस्था गरिनुपर्ने, प्रयोगशाला र शिक्षक कर्मचारीको उचित व्यवस्था हुनुपर्ने तथा अन्य शैक्षिक तथा प्रशासनिक सुधारहरु गर्नुपर्ने लगायतका मागहरु क्याम्पस प्रशासनसमक्ष माग गरेका छन् छन् ।
क्याम्पस प्रमुख आचार्यले प्रशासनले बिध्यार्थीहरुले राखेको मागहरु क्रमशः पूरा गर्दै जाने योजना बनाएर अगाडी बढीरहेको अवस्थामा विद्यार्थीहरुले वास्तविक्ता नबुझेर तालाबन्दी गर्ने सम्मको कार्यमा उत्रिएको बताए । केही कामहरु प्रक्रियाको कारण लम्बिएकाले तत्काल हुनसक्ने काममा समेत अलिकता ढिलाई भएको स्विकार गर्दै अहिले मागहरु क्रमिक रुपमा पुरा गर्दै जाने बताउदा समे एक्कासी तालाबन्दी गरेको उन्को भनाइ छ ।
क्याम्पस प्रशासन र बिध्यार्थीबिच सहमती भएपछि ४ घण्टा सम्म कार्यकक्षमै थुनिएका क्याम्पस प्रमुख र सहायक प्रमुखलाइ छोडिएको बिध्यार्थीहरुले बताएका छन् । उनले सहमतिको प्रयास भइरहेको पनि दाबी गरे ।









