भाद्र २० गते
नेपालगन्ज / बाँकेको नेपालगन्ज उपमहानगरपालिका स्थित वडा नम्बर ४ शिव पार्बती टोलका किशोरी तथा महिलाहरुलाई फ्रिडम किट व्याग वितरण तथा महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

फ्रिडम किट व्याग एफकेबी यूकेको आर्थिक सहयोग र बास नेपालको आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ७५ जना किशोरी तथा महिलाहरुलाई फ्रिडम किट व्याग वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले महिनावारी स्वच्छता शिक्षा कार्यक्रमले महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा आउने समस्याबाट बच्न सजग गराएको बताए् । पुन ः प्रयोग गर्न मिल्ने फ्रिडम किट ब्याग वितरणले यस समुदायका किशोरी तथा महिलाहरुले लाभ पाएको बताउदै अध्यक्ष पुनले भने महिलाहरुको स्वास्थ्य सम्बन्धी कुराहरुलाई मध्येनजर गरी बास नेपालले आफ्नो वडाबासीहरुलाई सम्झेकोमा धन्यवाद दिए । पुनले सेनेटरी प्याड्ले आर्थिक पक्ष सङ्गै वातावरणमा समेत प्रभाव पार्ने भएकाले सहभागीहरुलाई प्राप्त गरेका फ्रिडम किट ब्याग प्रयोग गर्न सुझाए ।

कार्यक्रममा महिनावारी स्वच्छता परियोजनाका ब्यवस्थापक रमिता शाह र एजुकेशन पर्सन मिना घर्तिमगरले रियुजऐवल सेनीटरी प्याड तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुन ः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्रीको बारेमा जानकारी गराएका थिए । साथै किट ब्याग बितराण गर्नु भन्दा अगाडी फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित अभिमुखिकरण गरिएको थियो ।

बास नेपालका सक्रिय सदस्य गिता शर्माले स्थानिय सयोजन गरेको उक्त कार्यक्रममा बास नेपाल नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर ४ ईकाईका अध्यक्ष द्रोपती रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले सहभागी किशोरी तथा महिलाहरुलाई फ्रिडम किटब्याग बितरण गरेका थिए ।

कार्यक्रम बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेका थिए ।









