काठमाण्डौ । जेनजी पुस्ताले सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा आज देशभर प्रदर्शन गर्नेभएको छ।
भाद्र २२ गते एक विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताउदै हस्तक्षेप नगर्न अपिल गरेकोछ। विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न बिज्ञप्ती मार्फत आग्रह समेत गरेको छ । बिज्ञप्तीमा भनीएको छ आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको छ । जेनजीले राजनीतिक दल र नेताहरूलाई प्रदर्शनमा आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको जनाउदै आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग गरिएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यस्ता कार्यहरू मानवअधिकार उल्लङ्घन हुने पनि चेतावनी दिएका छन् । सरकार र राज्यका निकायहरूलाई पनि शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकारको सम्मान गर्न माग गरिएको छ ।










