काठमाडौं । आन्दोलनकाे क्रममा घाईते भएकाहरु मध्ये मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
सरकारकाे बिराेधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएसंगै मृत्यु हुनेकाे संख्या १४ पुगेको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो साढे ४ बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।









