जेन-जी प्रदर्शनमा नेपालगन्जका श्रेष्ठको निधन

असल शासन प्रतिनिधि

काठमाडौँ/ जेन-जीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो नेपालगन्जका सुलभराज श्रेष्ठको निधन भएको  छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी श्रेष्ठको ट्रमा सेन्टरमा निधन भएको हो ।

काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका श्रेष्ठ भेरी स्कूल नेपालगन्जका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन् ।

सुलभ नरेन्द्रका एक मात्रै छोरा हुन् । बुवा नरेन्द्र अहिले साँझ ६ बजे नेपालगञ्जबाट हवाईमार्ग हुँदै काठमाडौं आएको बताईएको छ ।

सोमबार भएको जेनजीहरूको प्रदर्शनमा परेर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

 

  • २३ भाद्र २०८२, सोमबार प्रकाशित

  • Nabintech